धितोपत्र बोर्डले भन्यो-स्ट्याण्डर्ड चाटर्ड बैंकको एफपिओ बैशाख २६ अघि नै बांडफांड गर्नु

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्ट्याण्डर्ड चाटर्ड बैंकको एफपिओ बैशख २६ गतेभित्रै बाडफाँट गरिसक्न निर्देशन दिएको छ । बजारमा लागनी योग्य पुँजीको अभाव रहेको भन्दै बोर्डले शुक्रबार निष्काशन बन्द भएको मितिले ५० दिनभित्रै बाडफाँट गर्न बिक्रि प्रबन्धक एनएमबी क्यापिटललाई निर्देशन दिएको हो । स्ट्याण्डर्ड चाटर्ड बैंकको एफपिओ निष्काशन चैत ४ गते बन्द भएको थियो । [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्ट्याण्डर्ड चाटर्ड बैंकको एफपिओ बैशख २६ गतेभित्रै बाडफाँट गरिसक्न निर्देशन दिएको छ । बजारमा लागनी योग्य पुँजीको अभाव रहेको भन्दै बोर्डले शुक्रबार निष्काशन बन्द भएको मितिले ५० दिनभित्रै बाडफाँट गर्न बिक्रि प्रबन्धक एनएमबी क्यापिटललाई निर्देशन दिएको हो ।

स्ट्याण्डर्ड चाटर्ड बैंकको एफपिओ निष्काशन चैत ४ गते बन्द भएको थियो । सो मितिले ५० दिनभित्रै बाडफाँट गर्न बोर्डले निर्देशन दिएपछि बैशाख २६ अघि नै बाडफाँट हुने भएको हो । स्ट्याण्डर्डको एफपिओ बाडफाँट भएमा २ लाख २५ हजार लगानी कर्ताको ३८ अर्ब रुपैंयाँ बजारमा आउनेछ ।

बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँमा २५ लाख ५८ हजार १४० लाख कित्ता एफपिओ निष्काशन गरेको थियो । ३ अर्ब ३० करोड ६ सय रुपैंयाँको एफपिओको निष्काशन चैत १ देखि आरम्भ भएर ४ गते बन्द भएको थियो ।

Share News