काठमाडौं । पुर्व सचिव तथा इञ्जिनियर किशोर थापालले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने भएका छन् । उनले साझा पार्टीको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयरको उम्मेदवारी दिन लागेका हुन् ।
साझा पार्टीले आफ्नो फेसबुक तथा ट्वीटर मार्फत थापाको उम्मेदवारी सार्वजनिक गरेका हो । आर्किटेक्ट इञ्जिनियर थापाले शहरी विकास, शिक्षा, पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा लामो अनुभव बटुलेका छन् ।
काठमाडौं उपत्यकाको सडक विस्तार, मेलम्ची खानेपानी आयोजना, २० बर्षे उर्जा विकास योजना, बाहिरी चक्रपथ योजना, राष्ट्रिय आवास नीतिको निर्माणमा महत्वपुर्ण भूमिका खेलेका थिए ।
थापा साझा पार्टी केन्द्रिय संयोजन समितिका सदस्य हुन् ।