काठमाडौं । एनसेलका सबै ग्राहकले अब विश्वका कुनै पनि देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट भन्दा बढी कुरा गर्दा दुई मिनेट बोनस टक टाइम पाउनेछन् । देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि बोनस टक टाइमका साथ ‘कलआयो बोनस पायो’ अफर ल्याएको छ ।
जस अन्तर्गत एनसेल ग्राहकले अब विश्वका कुनै पनि देशबाट आएको अन्र्तराष्ट्रिय आगमन कलमा दुई मिनेट भन्दा बढी कुरा गर्दा दुई मिनेटको बोनस टक टाइम पाउनेछन् ।नयाँ वर्ष २०७४ को उपलक्ष्यमा ल्याइएको यो योजना यहि बैशाख १ गतेदेखि लागु हुनेछ । यस योजना अन्र्तगत ग्राहकले विदेशबाट आफ्ना आफन्तजन, साथीभाई र प्रियजनहरुले गरेको कल उठाई दुई मिनेट वा सो भन्दा बढी कुरा गर्दा दुई मिनेटको बोनस टक टाइम पाउनेछन् ।
अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरेको दुई मिनेट पुरा भएपछि ग्राहकले स्वतः दुई मिनेटको बोनस टक टाइम पाउनेछन् । फोनमा जति मिनेट कुरा भए पनि ग्राहकले बोनस टक टाइम एक पल्ट मात्र कुरा गरेको दुई मिनेट पुरा भए पश्चात पाउँनेछन् । यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । उक्त बोनसबाट ग्राहकले एनसेलको नेटवर्क भित्र कुरा गर्न सक्नेछन् ।
“नयाँ वर्ष २०७४ को शुभकामना स्वरुप यो ‘कलआयो बोनस पायो’ योजनाल्याइएको हो । ग्राहकले विदेशमा रहेका आफ्ना प्रियजनबाट आएको फोन उठाएर बोनस टक टाइम प्राप्तगर्दै एनसेल नेटवर्कमा रहेका अन्य आफन्तजन तथा साथीभाइसँग थप सम्पर्कमा रहनसक्नेछन्,” एनसेलका कपोर्रेट संवाद विज्ञ मिलन शर्माले भने । यो योजना तीन महिनाको लागि मान्य हुनेछ ।