मोवाइल कल सुल्क घट्दा ८४ अर्ब काराेबारकाे बजार हल्लिने, सेवाप्रदायकलाई आम्दानी घट्नेमा चिन्ता

<p>काठमाडौं । आजबाट मोवाइल तथा टेलिफोनमा नयाँ पल्स अवधि लागू भएसँगै मोवाइल तथा टेलिफोनमा हुने कल सुल्क पनि घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आजैबाट लागू हुनेगरी सबै दुरञ्चार सेवा प्रदायकलाई पल्स अवधि घटाउन र सोही अनुसारको सुल्क निर्धारण गरिएको विषयलाई कार्यान्वयन गर्न पनि निर्देशन दिएको सार्वजनिक सूचना नै जारी गरेको छ । नयाँ पल्स [&hellip;]</p>

काठमाडौं । आजबाट मोवाइल तथा टेलिफोनमा नयाँ पल्स अवधि लागू भएसँगै मोवाइल तथा टेलिफोनमा हुने कल सुल्क पनि घटेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले आजैबाट लागू हुनेगरी सबै दुरञ्चार सेवा प्रदायकलाई पल्स अवधि घटाउन र सोही अनुसारको सुल्क निर्धारण गरिएको विषयलाई कार्यान्वयन गर्न पनि निर्देशन दिएको सार्वजनिक सूचना नै जारी गरेको छ ।

नयाँ पल्स अवधि लागू हुँदा उपभोत्ताले मोवाइलमा १० सेकेण्डको एक पल्स अवधि मानेर सोही अनुसार सुल्क तिर्नेछन् । यस अघि २० सेकेन्डको एक पल्स हुने गरेको थियो । यसले जति समय कुराकानी गरेको छन्, उति नै समयको पैसा तिरे पुग्छ ।

यो व्यवस्था अनुसार १ गतेदेखि नै मोवाइलमा फोन गर्दा नेपालभर नै प्रति १० सेकेन्डको एक पल्स कायम भएको छ । यस अघि प्रति २० सेकेन्डको एक पल्स मानिएको प्राधिकरणले जानकारी दिएको छ ।

पल्स अवधि नयाँ दरमा लागू भएपछि मोवाइल तथा टेलिफोन प्रयोगकर्ताले अतिरिक्त पैसा तिर्नु पर्देन । पल्स अवधि बढी हुँदा ग्राहकलाई महसुलको भार बढी पर्छ । पल्स अवधि जति कम भयो पैसाको भार पनि उति नै कम पर्ने दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । सबै सेवाप्रदायकका ग्राहकलाई महसुल भार कम गराउने गरी पल्स अवधि घटाइएको प्राधिकरणले जानकारी दिएको छ ।

तत्काल लागू हुने पहिलो चरणको पल्स रेटमा देशभित्रको मोबाइलमा कुराकानी गर्दा १० सेकेन्डको एक पल्स हुने भएको छ । ल्याण्डलाइन टेलिफोनमा ६० सेकेन्डको एक पल्स भएको छ । टेलिफोनबाट गरिने विदेशको कलमा भने ३० सेकेन्डको एक पल्स अवधि तय भएको उल्लेख छ ।

कात्तिकदेखि सेकेन्ड अनुसार पैसा लाग्ने
पहिलो चरणको योजना लागू भएको पाँच महिनापछि अर्थात अगामी कात्तिकदेखि मोबाइलमा १ सेकेन्डकै एक पल्स हुने भएको छ ।

यसपछि सेवाग्राहीले जति सयम कुरा गर्छन उति नै समयको पैसा तिरे पुग्छ । अहिलेजस्तो ५ सेकेन्ड कुरा गर्दा पनि २० सेकेन्डकै पैसा तिर्नु पर्दैन । मोबाइलको अन्तर्राष्ट्रिमा भने १० सेकेन्ड एक पल दोस्रो चरणमा हुने भएको छ ।

आम्दानी घट्नेमा सेवाप्रदाक चिन्तित
दुरसञ्चार सेवा प्रदायक कम्पनीको अहिले सबैभन्दा राम्रो आम्दानीको स्रोत भनेकै मोवाइल पल्स रेट महंगो हुनु हो । यो रेट घटेपछि सेवाप्रदाकको आम्दानी घट्ने भन्दै गुनासो पनि गरेका छन् ।

टेलिकमले तीन साता अगाडि आयोजना गरेको एक पत्रकार सम्मेलनमै आम्दानी घट्ने विषयलाई स्वीकार गरेको छ । उसले आम्दानीको स्रोत बढाउने माध्यम खोज्न तयार रहेपनि कुरौ नगरी पाइरहेको आम्दानी एउटा वाप्रदायकले पनि वार्षिक अर्ब रुपैयाँ लाभ हुने उल्लेख छ ।

टेलिफोन कुराकानीबाटै सेवा प्रदायकले कमाउँछन वार्षिक ८४ अर्ब
टेलिफोनमा हुने कुराकानीबाटै विभिन्न टेलिकम सेवाप्रदायक कम्पनीले वार्षिक ८४ अर्ब भन्दा बढी आम्दानी गरिरहेका छन् । नयाँ पल्स रेटले सेवाप्रदायककाे याे अाम्दानी घट्ने गुनासाे छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालीको टेलिफोनमा गर्ने कुराकानी (भ्वाइस) मा भएको यो खर्चको सबैभन्दा ठूलो हिस्सा एनसेल र नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को छ।

भ्वाइसमा एनसेलले वार्षिक आम्दानी ४७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । नेपाल टेलिकमले भ्वाइस सेवाबाट भएको आम्दानी ३४ अर्ब ९८ करोड रुपैयाँ रहेको तथ्यांकमा उल्लेख छ । समग्र गरी नेपालकाे टेलिकम क्षेत्रकाे वार्षिक अाम्दानी भने एक अर्ब पुगकाे छ । यस्ताे अाम्दानीमा डाटा सेवा तथा विदेशबाट अाउने कलकाे अाम्दानी शुल्क समेत हुने उल्खे छ ।

प्रयोगकर्तालाई भने लाभ
पल्स अवधि जसले टेलिफोन सेवाको महसुल काट्न निर्धारण गरिने प्रतिइकाइ समयको मापन गर्ने गर्छ । यसको आधारमा कति सेकेन्डमा पैसा काट्ने भन्ने समय सीमा निर्धारण भएको हो ।

पल्स अवधिअनुसार पल्स रेट कायम गरिएको हुन्छ । कुनै सेवा प्रदायकले प्रतिमिनेट १ रुपैयाँ लिन्छन भने उक्त कम्पनीको पल्स अवधि २० सेकेन्डको ग्राहकले २० सेकेन्डको ३३ पैसा काटिन्छ ।

अव भने १० सेकण्डको हुँदा आधा सस्तो पर्छ । पल्स अवधिमा २० सेकन्डको पल्स अवधि हुँदा त्यो भन्दा मुनी जति सेकेन्ड फोन गर्दा पनि ३३ पैसा नै काटिन्छ, । यसमा २१ सेकेन्ड फोन गर्यो भने पनि ६६ पैसा काटिन्छ ।

यसरी पल्स अवधि बढी हुँदा ग्राहकलाई महसुलको भार बढी पर्छ भने पल्स अवधि कम हुँदा महसुलको भार कम पर्छ । १ सेकेन्डको एक पल्स हुँदा प्रति सेकेन्ड १ पैसा मात्रै तिरे पुग्छ ।

जसले गर्दा सेवा ग्राहीलाई भने लाभ हुने भएको छ । अझै प्रति सेकेन्ड अनुसार पैसा लाग्ने हुँदा जति सेकेन्ड कुराकानी उति नै पैसा हुँने हुन्छ । जसले गर्दा सेवाग्राहीलाई लाभ हुन्छ ।

कुरै नगरी करोडौ रकम अशुलीको बाटो बन्द
नेपालका सेवाप्रदायकले न्यूनतम २० सेकेन्डदेखि एक मिनेटसम्मको पल्स रेट रहेको हुँदा कुरौ नगर्दा पनि करोडौ रुपैयाँ अशुलीको बाटो भने सेवाप्रदायकको लागि बन्द हुने भएको छ । अहिले पाँच सात सकेन्ड कुरा गर्दा पनि २० सेकेन्डदेखि एक मिनेटसम्मको शुल्क उपभोक्ताले तिर्नुपर्छ ।

हाल नेपाल टेलिकम, एनसेल, युनाइटेड टेलिकम (यूटीएल), स्मार्ट टेलिकम, नेपाल स्याटेलाइट र एसटीएम टेलिकमले छुट्टाछुट्टै सेवामा फरक–फरक पल्स रेट राखेका छन् ।

६० सेकेन्डबराबर एक पल्स निर्धारण गरेका कम्पनीले २ सेकेन्डमै फोन विच्छेद भए पनि ६० सेकेन्डकै बिलिङ गर्छन् । प्राधिकरणले गरेको नयाँ व्यवस्थापछि आफ्नो आम्दानी पनि खुम्चने भन्दै सेवाप्रदाकय कम्पनीले गुनासो पनि गर्न थालेका छन् । याे नयाँ पल्ल रेटकाे पूर्ण कार्यान्वयले भने हालकाे ८४ अर्ब रुपैयाँकाे काराेबार भएकाे बजारमा नै असर पर्ने गुनासाे सेवाप्रदायककाे छ ।

Share News