एनसीसी बैंकको विशेष साधारणसभा वैशाख १५ गते, ५० प्रतिशत हकप्रद दिने प्रस्ताव

<p>काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको विशेष साधारणसभा वैशाख १५ गते हुने भएको छ । सो प्रयोजनको लागि बैंकले वैशाख ६ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । साथै, सभाले बैैंक सञ्चालक समितिको ५० प्रतिशत(२ बराबर १ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ । हाल बैंकको चुक्ता [&hellip;]</p>

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको विशेष साधारणसभा वैशाख १५ गते हुने भएको छ । सो प्रयोजनको लागि बैंकले वैशाख ६ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ ।

साथै, सभाले बैैंक सञ्चालक समितिको ५० प्रतिशत(२ बराबर १ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ ।

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक ५० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी ७ अर्ब नाघ्ने छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब ४६४ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News