काठमाडौं । निजी क्षेत्रको सबैभन्दा पुरानो र संख्यात्मक हिसावले दक्षिण एसियाकै ठूलो हेलिकोप्टर कम्पनी श्री एयरलाइन्सले अब फिंक्स विंग्स जहाजमार्फत आन्तरिक उडानमा नियमित सेवा दिने भएको छ । यो वायुसेवाले एमआई १७ नामक २४ सिट क्षमताका ६ वटा ठूलो हेलिकोप्टर उडान गरिरहेको कम्पनी हो ।
यस्तो हेलिकोप्टर दक्षिण एसियामै धेरै भएको निजी वायुसेवा कम्पनी हो श्री एयरलाइन्स । यो वायसेवाले पछिल्लो समय एएस ३५० बीथ्री नामका ६ सिट क्षमतका थप २ वटा हेलिकोप्टर पनि उडाइरहेको छ ।
हेलिकोप्टरमा भएको लामो अनुभवलाई आन्तरिक उडानको नियमित सेवामा प्रयोग गर्ने र ६ महिनाभित्रै अन्तर्राष्ट्रिय उडानमा जाने गरी यो वायुसेवाले जहाज थप गरेको हो । हाल हेलिकोप्टर उडानमा पनि नेपालको एकमात्रै अन्तर्राष्ट्रिय उडानको वायुसेवा हो ।
यो वायुसेवाले बुधबार राती १० वजे एउटा फिक्स विंग्सको जहाज ल्याउको छ । यो वायुसेवाले बम्बाडियन सीआरजे नामक ५० सिट क्षमताको जहाज ल्याएको हो । यो वायुसेवाले आगामी दुईसाताभित्रै अर्को २ वटा जहाज पनि ल्याउने भएको छ ।
जापानबाट जहाज आयो, स्लोभानियाबाट थप २ वटा ल्याउँदै
यो वायुसेवाले बुधबार जापानबाट उडाएरै एउटा जहाज ल्याएको छ । अब बाँकी दुईवटा पनि तुरुन्तै आउने भएको छ । बाँकी दुईवटा जहाज युरोपेली मुलुक स्लोभानियाबाट आउने श्री एयरलाइन्सका कर्पोरेट प्रवन्धक अनिल मानन्धरले जानकारी दिए । यो वायुसेवाले ल्याएको जहाज ब्राण्ड न्यु भने नभएर केही समय उडान गरेको जहाज भएको उल्लेख छ ।
यो वायुसेवाले सम्वन्धित वायुसेवाले दिएको क्रुमेम्बर (चालक दल)बाटै जहाज ल्याउनुपर्ने भएकोले पनि दुई साता लाग्ने भएको उल्लेख छ । यो वायुसेवाले हाल ३ वटा जहाजबाट उडान सुरु गर्ने भएको छ । यो वायुसेवाले जहाज तथा उडान व्यवस्थापनसहतिको तयारीसहितमा एक अर्ब लगानी गरेर आन्तरिक वायुसेवा संचालन गर्ने भएको पनि उल्लेख छ ।
कम्पनीले जहाज ल्याउने, उडान गर्ने, आन्तरिक व्यवस्थापन मिलाउँने, दक्ष जनशक्ति उत्पादन गर्नेसहितका कार्यमा उक्त एक अर्ब रुपैयाँको लगानी हुने उल्लेख छ ।
मिसन अन्तर्राष्ट्रिय उडानको
यो वायुसेवाको मिसन अन्तर्राष्ट्रिय उडान हो । यसले करिब ६ महिना आन्तरिक उडान गरेर अन्तर्राष्ट्रियमा जाने बताएको छ । सीधै अन्तर्राष्ट्रिय उडानको योजना बनाएको थियो । तर, सरकारले आन्तरिक उडानमा व्यवस्थापन मिलाउँदै अन्तर्राष्ट्रिय जान भनेपनि सोही अनुसार वायुसेवाले तयारी गरिरहेको छ ।
बुधबार ल्याएको जहाजले आन्तरिक व्यवस्थापन मिलाउन र उडान संचालन अनुमति (एओसी)का लागि आवश्यक प्रक्रिया पुर्याउनेपर्ने भएकोले कबिरे एक महिनाभित्रमै उडान सुरु गर्ने भएको छ ।
उडान सहरी विमानस्थलमा केन्द्रीत
जहाज ल्याएर यो वायुसेवाले सहरी क्षेत्रकै विमानस्थलमा उडान केन्द्रत गर्ने भएको छ । यी जहाज काठमाडौंलाई आधार बनाए भद्रपुर, विराटनर, धनगढी, पोखरा, भैरहवासहितका विमानस्थलमा उड्ने पनि श्रीले जानकारी दिएको छ । यो वायुसेवाले एकैपटकमा ५० देखि ७० जना सम्म बोक्न सक्छ ।
आन्तरिक उडानको यी जहाजले अन्य दुर्गम क्षेत्रमा भने उडान गर्न सक्दैन । त्यसैले श्रीका जहाज आएपछि आन्तरिक वायुसेवाबीच सहरी क्षेत्रका विमानस्थल (सुगम गन्तव्य)मा प्रतिस्पर्धा हुने भएको छ ।
श्रीले आन्तरिक उडानका लागि ५० सीट क्षमताको सीआरजे २०० र अईआरजे ७०० नामक ७० सिट क्षमतको जहाज मार्फत नियमित उडान गर्न लागेको हो । नेपालमा हाल यस्तै प्रकृतिको जहाज सौर्य एयरले उडाइरहेको छ ।
नियमित उडानको वायुसेवा नै १० पुग्यो
श्रीले उडान सुरु गरेपछि नियमित उडानको वायुसेवाको संख्या १० वटा पुग्ने भएको छ । हाल यति, बुद्ध, सिम्रिक, तारा, सीता, समिट (गोमा), मकालु, सौर्य, एयर काष्टमण्डपले उडान गरिरहेका छन् ।
यी वायुसेवा एकपछि अर्कोले नयाँ रणनीति बनाउन थालेकोले आन्तरिक उडानमा प्रतिस्पर्धा बढ्ने भएको छ । जसले गर्दा यात्रुलाई लाभ हुने पनि उल्लेख छ ।