माछापुच्छ्रे बैंकको धनगढी शाखा स्थानान्तरण

<p>काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो धनगढी शाखालाईधनगढी मेनरोडमा स्थानान्तरण गरेको छ । बैंकले बुधबारकादिन देखि संचालनमा आउने गरी उक्त शाखालाई स्थानान्तरण गरेको हो । उक्तशाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले गरेका छन् । नयाँ सुविधा सम्पन्न भवन बाट बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो धनगढी शाखालाईधनगढी मेनरोडमा स्थानान्तरण गरेको छ । बैंकले बुधबारकादिन देखि संचालनमा आउने गरी उक्त शाखालाई स्थानान्तरण गरेको हो । उक्तशाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले गरेका छन् ।

नयाँ सुविधा सम्पन्न भवन बाट बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ ।

हाल बैंकको ६ अर्व ५९ करोड रुपैयाँ चुक्ता पुंजी रहेको छ । बैकले गत पुस मसान्तसम्म ५८ अर्व २४ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५१ अर्व ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, सो अबधिमा ८४ करोड ९१ लाख रुपैयाँ संचालन मुनाफा कमाएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share News