काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र डलरको एक्स्चेञ्ज कम्पनी लि.बीच विप्रेषण रकम भुक्तानी (रेमिटेन्स) सम्झौता भएको छ । यस सम्झौता बमोजिम अब कुवेतबाट डलरको एक्स्चेञ्ज मार्फत नेपालमा पठाएको विपे्रषण रकम सहज रुपमा सिटिजन्स बैंकको सम्पूर्ण शाखाहरु बाट सरल र सहज रुपमा भुक्तानी पाउन सकिने छ ।
उक्त सम्झौता पत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत पारस कुमार काफ्ले तथा डलरको एक्स्चेञ्जका महाप्रबन्धक खालिद सरिफले हस्ताक्षर गरेका छन् ।
बैंकले यस अघि यू.के को क्यासको फाईनान्सीयल सर्भिसेस, स्मल वल्र्ड फाईनान्सीयल सर्भिसेस र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड, यू.ए.ई को अल अहलिया मनि एक्सचेन्ज ब्यूरियो, अल अन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस, अल दहाब एक्सचेन्ज र अल्फा एक्सचेन्ज संग सम्झौता गरि ती विप्रे्रषण कम्पनीहरु बाट बैंकिङ्ग प्रणालि मार्फत नेपाल आएको विपे्रषण रकमको भुक्तानी बैंकको सम्पूर्ण शाखाहरु तथा सहायक प्रतिनिधिहरु बाट गर्दै आइरहेको छ ।
त्यस्तै, यसको अतिरिक्त स्वदेशको विभिन्न विपे्रषण कम्पनी संग सहकार्य गरि बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, बेष्ट रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस ,आईपे रिलायबल ,बुम रेमिट , ओभरसिज रेमिट र सिजि मनि बाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ ।
साथै बंैकले निकट भविष्यमा अन्य विभिन्न मुलुकमा रहेको विभिन्न विप्रेषण कम्पनी संग सम्झौता गरि विप्रे्रषण सेवालाइ विस्तार गर्दै लैजाने योजना राखेको छ ।