फास्ट ट्रयाकपछि निजगढ विमानस्थल पनि सेनालाई, ६ लाख ८४ हजार रुख काटेर पहुँच मार्ग बनाउने

<p>काठमाडौं । सरकारले निजगढ विमानस्थलको प्रारम्भिक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको छ । सरकारले केहि समय अघि मात्रै काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । केहि समय अघि बसेको मन्त्रिपरिषद बैठकले निजगढ विमानस्थल निर्माणको प्रारम्भिक कार्य नेपाली सेनालाई दिने निर्णय गरेको हो । ‘निजगढ विमानस्थलको प्रारम्भिक कार्य नेपाली [&hellip;]</p>

काठमाडौं । सरकारले निजगढ विमानस्थलको प्रारम्भिक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको छ । सरकारले केहि समय अघि मात्रै काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । केहि समय अघि बसेको मन्त्रिपरिषद बैठकले निजगढ विमानस्थल निर्माणको प्रारम्भिक कार्य नेपाली सेनालाई दिने निर्णय गरेको हो ।


‘निजगढ विमानस्थलको प्रारम्भिक कार्य नेपाली सेना मार्फत सम्पन्न गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरिसकेको छ, सेनाले पनि सरकारले दिएको जिम्मेवारी पुरा गर्ने भनेको छ’, पर्यटन मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले भने । सरकारले विमानस्थलको ८० वर्ग किलोमिटरको बाहिरी सडक निर्माण र ६ लाख ८४ हजार रुख काट्ने जिम्मा नेपाली सेनालाई दिएको हो ।

हाल सो विमानस्थलको वातावरिणय प्रभाव मुल्यांकन(इआइए)को ६० प्रतिशत काम सम्पन्न भैसकेको छ । इआइएको काम सकिएपछि वन मन्त्रालयसँग रुख काट्ने अनुमति मागिनेछ । रुख कटान र पहुँच मार्ग निर्माणका लागि पर्यटन मन्त्रालयले ४ अर्ब बजेट मागेको छ । सरकारले चालु आवको बजेटमा मुआब्जा र डिपिआर निर्माणका लागि एक अर्ब ५० करोड बजेट विनियोजन गरेको थियो ।

‘पहुँच मार्ग निर्माण र वन रुख काट्नका लागि पर्यटन मन्त्रालयले चार अर्ब बजेट मागेको छ, अर्थ मन्त्रालय पनि सकारात्मक छ’, अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख मधु कुमार मरासिनीले भने । हाल विमानस्थल निर्माण क्षेत्रको ११० विगाह जमिनको मुआब्जा वितरण प्रक्रिया सुरु हुन लागेको छ ।

मुआब्जा दर पनि कायम गरिसकिएको आयोजना प्रमुख हरि अधिकारीले जानकारी दिए । त्यस्तै, १६०० सुकुम्बासी परिवारको घरबासका लागि पनि सरकारले उपयुक्त व्यवस्थानको तयारी गरिरहेको छ ।

Share News