लोडसेडिङ घट्याे इन्धन आयात घटेन, ९ महिनामै पाैने १६ लाख टन इन्धन अायाे

<p>काठमााडौं । मुलुकमा लोडसेडिङ घटेपनि इन्धन आयात भने बढेको छ । आयल निगमको तथ्याङक अनुसार चालु आर्थिक बर्षको पहिलो ९ महिनामा १५ लाख ७७ हजार किलोलिटर / टन इन्धन आयात भएको छ। ‘लोडसेडिङ नहुदा आयात घट्नु पर्ने हो,’ निगमका बिक्री वितरण विभाग प्रमुख तथा प्रबक्ता सिताराम पोखरेलले भने, ‘तर, इन्धनको आयात परिमाण एकदमै उच्च छ।’ [&hellip;]</p>

काठमााडौं । मुलुकमा लोडसेडिङ घटेपनि इन्धन आयात भने बढेको छ । आयल निगमको तथ्याङक अनुसार चालु आर्थिक बर्षको पहिलो ९ महिनामा १५ लाख ७७ हजार किलोलिटर / टन इन्धन आयात भएको छ।

‘लोडसेडिङ नहुदा आयात घट्नु पर्ने हो,’ निगमका बिक्री वितरण विभाग प्रमुख तथा प्रबक्ता सिताराम पोखरेलले भने, ‘तर, इन्धनको आयात परिमाण एकदमै उच्च छ।’ इन्धनका लागि अप्रिलमा मात्रै १५ अर्ब रुपैया बाहिरिएको छ। ‘हाल सम्मकै यो बढी मुल्य हो,’ उनले भने।

निगमले भारतीय आयल निगम (आइओसी) लाई जनवरीमा ११ अर्ब, फेब्रुअरीमा १० अर्ब र मार्चमा ९ अर्ब रुपैया बुझाएको थियो। जानकारहरुका अनुसार लोडसेडिङ अन्त हुदा मुख्यतः खाना पकाउने एलपी ग्यासको आयात घट्नुपर्ने हो। तर, घटेको छैन। प्रबक्ता पोखरेलका अनुसार साउनमा २२ हजार ५ सय ८० टन आयात भएको ग्यास चैतमा २७ हजार टन पुग्यो।

तथ्याङक अनुसार भदौमा २२ हजार ७ सय १३, असोजमा २० हजार ५ सय ३४, कात्तिकमा २५ हजार १ सय ५५, मसिरमा २६ हजार ७ सय ८२, पुषमा २८ हजार टन आयात भएको थियो।

माघमा २७ हजार, फागुनमा २६ हजार र चैतमा २७ हजार टन आयात भएको पोखरेलले बताए। ग्यासको मागमा देखिएको वृद्धिमा व्यवसायीहरु पनि अचम्भित छन।

उनीहरुका अनुसार जाडो मौसममा ग्यासको माग सामन्यतया १५ प्रतिशतले बढ्छ। तर, त्यसबेला नबढेको ग्यास हाल आयात ह्वातै बढेको एलपी ग्यास उद्योग संघले जनाएको छ। ‘जाडोको सिजनमा ग्यासको माग थिएन। अहिले थप घट्न पर्ने हो,’ संघका महासचिव दिवान चन्दले भने, ‘तर सिद्धान्त विपरित अहिले आयात ह्वातै बढेको छ।’ ग्यास बाहेक पेट्रोल, डिजेल, हवाई इन्धनको आयात पनि ह्वातै बढेको छ।

निगमको तथ्याङक अनुसार ९ महिनाको अवधीमा करिब ३ लाख किलोलिटर पेट्रोल आयात भएको छ। ९ लाख २३ हजार किलोलिटर डिजेल आयात भएको छ। हवाई इन्धन १ लाख २० र १३ हजार किलोलिटर मट्टितेल आयात भएको निगमको तथ्याङकमा छ। प्रबक्ता पोखरेलका अनुसार चैतमा आयात भएको डिजेल अहिलेसम्मकै बढी हो।

चैतमा सबैभन्दा बढी करिब १ लाख ४१ हजार किलोलिटर डिजेल आयात भएको छ। फागुनमा १ लाख १६ हजार, माघमा १ लाख ८ हजार, पुषमा १ लाख १४ हजार, मसिरमा १ लाख १७ हजार किलोलिटर आयात भएको छ। कात्तिकमा ९१ हजार, असोजमा ७७ हजार, भदौमा ८१ हजार र साउनमा ७४ हजार किलोलिटर डिजेल आयात भएको थियो। कान्तिपुर दैनिकबाट ।

Share News