महासंघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा ६३ प्रतिशत मतले विजयी, कसकाे मत कति ? (पूर्ण विवरणसहित)

<p>काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छा भारी मतले विजयी भएका छन् । गोल्छाले बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलाई ठूलो मत अन्तरले पराजित गरेका हुन् । गाेल्छाले ६३.३० प्रतिशत मत पाएका छन् भने प्रधानले ३६.७० प्रतिशत मत पाएका छन् । तीन उपाध्यक्षमा बस्तुगत तर्फ गोल्छा प्यानलकै उमेशलाल श्रेष्ठ निर्वाचित भएका छन [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छा भारी मतले विजयी भएका छन् । गोल्छाले बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलाई ठूलो मत अन्तरले पराजित गरेका हुन् । गाेल्छाले ६३.३० प्रतिशत मत पाएका छन् भने प्रधानले ३६.७० प्रतिशत मत पाएका छन् ।

तीन उपाध्यक्षमा बस्तुगत तर्फ गोल्छा प्यानलकै उमेशलाल श्रेष्ठ निर्वाचित भएका छन ।  श्रेष्ठले ४९ मत ल्याएका थिए भने शंकर प्रसाद पाण्डेले ३८ मत पाएका थिए । अर्का उम्मेदवार अनुप बहादुर मल्लले भने ११ मत मात्रै ल्याएका थिए ।  जिल्ला नगर तर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठले ५५ मत ल्याएर विजयी भएका छन भने दिनेश श्रेष्ठ ४८ मत ल्याएर पराजित भएका छन् । निर्वाचित भएका प्रमाेद श्रेष्ठ किशोर प्रधान प्यानलका हुन् ।

 एसोसिएट तर्फका विजयी उम्मेदवारहरु
प्रबलजंग पाण्डे, अशोक कुमार तेमानी, अशोक कुमार तोदी, आनन्द वगरिया, ओमराज भण्डारी, कृष्णप्रसाद दुलाल, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ (सुब्बा), भरतराज आचार्य, मनिषकुमार अग्रवाल, मंगेशलाल श्रेष्ठ, राजेशकुमार अग्रवाल, रामशरण थपलिया, रंजितराज आचार्य, विजयसिंह बैद्य, शाहिल अग्रवाल, सुनिल नारायण श्रेष्ठ, सौरभ ज्योति र ज्ञानेन्द्रलाल प्रधान निर्वाचित भएका हुन् ।

बस्तुगत तर्फका विजयी उम्मेदवारहरु
अञ्जन श्रेष्ठ, आकाश अधिकारी, कमला श्रेष्ठ, जय प्रकाश सिवाकोटी, प्रकाश सिंह कार्की, बिनोद ढकाल, सञ्जिव अग्रवाल, सुरेन्द्र कुमार श्रेष्ठ र हेमराज ढकाल, डा. त्रिचन्द्र भट्टराई, शिव प्रसाद घिमिरे र सकुन्तलाल हिराचन छन् । मत बराबर भएका चार जना  खेमलाल श्रेष्ठ, नरेशलाल श्रेष्ठ, सुनिल गोपाल श्रेष्ठ र रबिन कुमार श्रेष्ठबिच गोलाप्रथा गर्दा सुनिल गोपाल श्रेष्ठ र रबिन कुमार श्रेष्ठ विजयी भएका थिए ।

 

 

Share News