काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बस्तुगत संघ तर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले आफ्ना निकटतम प्रतिद्धन्द्धी भन्दा ११ मत बढि ल्याएर उपाध्यक्ष जितेका हुन् । श्रेष्ठले ४९ मत ल्याएर विजय हुँदा शंकर प्रसाद पाण्डेले ३८ मत ल्याएका थिए । उपाध्यक्ष पदका अर्का उम्मेदवार अनुप बहादुर मल्लले ११ मत ल्याएका थिए ।
केन्द्रिय कार्यसमिति तर्फ श्रेष्ठको समूहबाट ११ जना निर्वाचित भएका छन भने शंकर पाण्डे समुहका ३ जना मात्रै निर्वाचित भएका छन् । श्रेष्ठ समुहबाट अञ्जन श्रेष्ठ, आकाश अधिकारी, कमला श्रेष्ठ, जय प्रकाश सिवाकोटी, प्रकाश सिंह कार्की, बिनोद ढकाल, सञ्जिव अग्रवाल, सुरेन्द्र कुमार श्रेष्ठ र हेमराज ढकाल निर्वाचित भएका छन । पाण्डे समुहबाट भने डा. त्रिचन्द्र भट्टराई, शिव प्रसाद घिमिरे र सकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।
चार जना उम्मेदवारको भने मत बराबर भएको छ । तीमध्ये गोलाप्रथाद्धारा २ जनालाई निर्वाचित गरिएकाे छ । खेमराज पन्त, नरेशलाल श्रेष्ठ, रबिन कुमार श्रेष्ठ र सुनिल गोपाल श्रेष्ठको मत बराबर भएको हो । गाेला प्रथाबाट रबिन कुमार श्रेष्ठ र सुनिल गोपाल श्रेष्ठ विजयी घाेषणा गरिएकाे छ ।