नेपालको बैंकिङ क्षेत्र सुधारका लागि विश्व बैंकको १० अर्ब ७० करोड सहयोग

<p>काठमाडौं । नेपालको वित्तिय क्षेत्र स्थायित्व विकास नीतिका लागि विश्व बैंकले १० अर्ब ७० करोड रुपैंयाँ सहयोग उपलब्ध गराएको छ । विश्व बैंकले मध्यकालिन वित्तिय क्षेत्र सुधार कार्यक्रमका लागि १०० मिलियन अमेरिकी डलर अर्थात १० अर्ब ७० करोड नेपाली रुपैंयाँ बराबरको सहयोग दिएको हो । सो सहयोग सम्बन्धी सम्झौता पत्रमा अर्थ सचिव शन्तराज सुवेदी र [&hellip;]</p>

काठमाडौं । नेपालको वित्तिय क्षेत्र स्थायित्व विकास नीतिका लागि विश्व बैंकले १० अर्ब ७० करोड रुपैंयाँ सहयोग उपलब्ध गराएको छ । विश्व बैंकले मध्यकालिन वित्तिय क्षेत्र सुधार कार्यक्रमका लागि १०० मिलियन अमेरिकी डलर अर्थात १० अर्ब ७० करोड नेपाली रुपैंयाँ बराबरको सहयोग दिएको हो । सो सहयोग सम्बन्धी सम्झौता पत्रमा अर्थ सचिव शन्तराज सुवेदी र विश्व बैंकका नेपाल प्रमुख क्युमियाओ फानले हस्ताक्षर गरेका हुन् ।


विश्व बैंकले उपलब्ध गराउने सो रकम आगामी आर्थिक बर्षको बजेट प्रणालीमै प्राप्त हुनेछ । त्यस्तो रकम नेपाल सरकारले आफुले पहिचान गरेको क्षेत्रमा खर्च गर्न सक्नेछ । मुलतः वित्तिय क्षेत्रको विकास, वित्तिय प्रणालीको सुधार तथा पुनसंरचना, कानुनी तथा नियमनकारी क्षमताको अभिवृद्धि र बैंकिङ क्षेत्रको पारदर्शीता तथा सुशासनमा सो रकम खर्च गरिने अर्थ सचिव शन्तराज सुवेदीले बताए ।

सो रकमको सदुपयोगद्धारा नेपालको बैंकिङ क्षेत्रमा कानुनी दायरा फराकिलो हुने, वित्तिय अपराध नियन्त्रण हुने, बैंकिङ क्षेत्रको जोखिम न्युनिकरण हुने विश्व बैंकका नेपाल प्रमुख क्युमियाओ फानले बताए । नेपालले वित्तिय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत विश्व बैंकले तेश्रो पटक सहयोग गरेको हो । यस अघि सन २०१३ र २०१५ मा विश्व बैंकले वित्तिय क्षेत्र सुधार कार्यक्रमका लागि सहयोग उपलब्ध गराएको थियो ।

विश्व बैंक समुहको इन्टरनेशनल डेभलपमेन्ट एसोसियसन(आइडिए)ले सो सहयोग उपलब्ध गराएको हो ।

Share News