एशोसिएटमा ९ जनाको उम्मेदवारी फिर्ता, ३ जना टिमबाट आउट, यी हुन् निर्वाचित हुने १९ जना

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फ सदस्य पदका ९ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । यसअघि कार्यसमिति सदस्य रहेका अनिल केडिया, रामकृष्ण प्रसाई, रामचन्द्र संघाइ र प्रकाश गिरीले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै, यस पटक कार्यसमितिमा प्रवेश गर्न उम्मेदवारी दर्ता गराएका शंकर श्रेष्ठ, शक्ति कुमार बेगानी, नारायण बजाज, उदिप श्रेष्ठ ( [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फ सदस्य पदका ९ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । यसअघि कार्यसमिति सदस्य रहेका अनिल केडिया, रामकृष्ण प्रसाई, रामचन्द्र संघाइ र प्रकाश गिरीले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै, यस पटक कार्यसमितिमा प्रवेश गर्न उम्मेदवारी दर्ता गराएका शंकर श्रेष्ठ, शक्ति कुमार बेगानी, नारायण बजाज, उदिप श्रेष्ठ ( पूर्व प्रदीपकुमार श्रेष्ठका छोरा) र शिशिर कुमार भट्टको उम्मेदवारी फिर्ता भएको छ ।

एशोसिएटतर्फको उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । यसतर्फ १९ सदस्य पदका लागि शुरुमा ३१ जनाले उम्मेदवारी दिएका थिए । ९ जनाले उम्मेदवारी फिर्ता लिएपछि चुनावी प्रतिस्प्रर्धामा २२ जना छन् ।

त्यसमा तीन जनालाई टिमबाट आउट गरिएको छ । प्रोक्सी प्रणालीबाट हुने यस निर्वाचनमा टिममा नपर्नेले चुनाव जित्ने सम्भावना हुँदैन । टिममा नपर्नेमा अखिल कुमार चापागाई, बासुदेव गौतम र भेषराज अर्याल छन् ।

अब एशोसिएयततर्फ १९ सदस्यमा को को विजय हुन्छन् भन्ने पक्कापक्की भएको छ । नेतृत्वबाट समर्थन पाई टिममा परेका अशोक कुमार तेमानी, अशोक कुमार तोदी, आनन्द वगरिया, ओमराज भण्डारी, कृष्णप्रसाद दुलाल, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ (सुब्बा), प्रबलजंग पाण्डे, भरतराज आचार्य, मनिषकुमार अग्रवाल, मंगेशलाल श्रेष्ठ, राजेशकुमार अग्रवाल, रामशरण थपलिया, रंजितराज आचार्य, विजयसिंह बैद्य, शाहिल अग्रवाल, सुनिल नारायण श्रेष्ठ, सौरभ ज्योति र ज्ञानेन्द्रलाल प्रधानले चुनाव चित्ने निश्चत भएको छ ।

Share News