उमेशलाल श्रेष्ठको समूहबाट १४ जना सदस्य उम्मेदवार घोषणा, गोल्छाले भने-‘जित निश्चित छ, परिणाम आउन ३६ घण्टा कुर्नुपर्छ’

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगततर्फ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको समूहले १४ सदस्य पदमा उम्मेदवार घोषणा गरेको छ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार शेखर गोल्छा, कोषाध्यक्ष पदका उम्मेदवार ज्ञानेन्द्रलाल प्रधान, पूर्ब अध्यक्ष महेशलाल प्रधान, पूर्व उपाध्यक्ष कृष्णप्रसाद ताम्रकार लगायतको उपस्थितिमा श्रेष्ठले आफ्नो नेतृत्वमा रहेका १४ उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । यस समूहको सदस्य [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगततर्फ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको समूहले १४ सदस्य पदमा उम्मेदवार घोषणा गरेको छ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार शेखर गोल्छा, कोषाध्यक्ष पदका उम्मेदवार ज्ञानेन्द्रलाल प्रधान, पूर्ब अध्यक्ष महेशलाल प्रधान, पूर्व उपाध्यक्ष कृष्णप्रसाद ताम्रकार लगायतको उपस्थितिमा श्रेष्ठले आफ्नो नेतृत्वमा रहेका १४ उम्मेदवारको नाम सार्वजनिक गरेका छन् ।

यस समूहको सदस्य पदमा नाडा ओटोमोवाईल डिलर्स एशोसिएशन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठ, सौदर्य कला व्यवसायी संघका अध्यक्ष कमला श्रेष्ठ, फ्लोरिकल्चर एशोसिएशनका निर्वतमान अध्यक्ष लोकनाथ गैरे, भन्सार एजेन्ट महासंघको अध्यक्ष जयप्रसाद सिवाकोटी, नेपाल बनस्पति ध्यू तेल उत्पादक संघको अध्यक्ष सन्दीप अग्रवाल, नेपाल चिया उत्पादक संघको तर्फबाट हेमराज ढकाल, कम्प्यूटर एशोसिएशन अफ नेपालका अध्यक्ष विनोद ढकाल, नेपाल निर्यात परिषद्का अध्यक्ष सुरेन्द्र श्रेष्ठ, हस्तकला महासंघबाट निवर्तमान अध्यक्ष हेमरत्न शाक्य, नेपाल कुरियर संघबाट खेमराज पन्त, फूटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका रविन कुमार श्रेष्ठ, चलचित्र निर्माण संघका अध्यक्ष प्रकाश अधिकारी, नेपाल फ्रेट फरवाडर्स एशोसिएशनको अध्यक्ष प्रकाश सिंह कार्की रहेका छन् ।

सदस्य पदका उम्मेदवारहरुको घोषणासभालाई सम्बोधन गर्दै उपाध्यक्षका उम्मेदवार श्रेष्ठले भने कृषि, उद्योग, पर्यटन, सेवा, निर्यात जस्ता अर्थतन्त्रका प्रमुख क्षेत्रहरुलाई समेटेर समावेशी टिम बनाएको बताए । महासंघमा पहिलो पटक महिला अध्यक्ष बन्दै गरेकी भवानी राणालाई नै अगाडि सारेर आफू अगाडि बढेको उल्लेख गर्दै श्रेष्ठले भने–महिला अधिकारको पक्षमा आजीवन संघर्ष गर्नु भएकी मेरी आमाले माथिबाट देख्नु भएको भए मलाई स्यावासी दिइरहनु भएको होला । हामी निर्वाचित भएपछि महिला नेतृ राणालाई निजी क्षेत्रको सफल बनाउनु पर्नेछ ।

कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छाले आफूले नेतृत्व गरेको टिमको विजय निश्चत भएको बताए । ‘परिणाम आउन अझै ३६ घण्टा बाँकी छ । तर हामी जित निश्चित छ’ गोल्छाले भने ।

Share News