काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न २ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ उद्घाटन गरेको छ । उक्त शाखाहरु मध्ये बुधबारे झापा स्थित ८३ औं शाखाको उद्घाटन एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल एवं बुधबारे उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द प्रसाद पौडेलले संयुक्त रुपमा गरेका हुन् ।
साथै, झुम्का सुनसरी स्थित ८७ औं शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल एवं झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष सगेन चौधरीले संयुक्त रुपमा गरेका छन् ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।