६ दिन भित्रै एनसेल बिक्री वापतको लाभकर बिक्रेताबाट उठाउन निर्देशन

<p>काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले आगामी ६ दिनभित्रै एनसेल बिक्री वापतको लाभकर उठाउन सरकारलाई निर्देशन दिएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेल लाभकर बारे ९ औं पटक छलफल गर्दै समितिले आगामी ६ दिन भित्रै असुली सक्न निर्देशन दिएको हो । ‘यस अघि १० महिना २ गतेको समिति बैठकले ९० दिन भित्रै [&hellip;]</p>

काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले आगामी ६ दिनभित्रै एनसेल बिक्री वापतको लाभकर उठाउन सरकारलाई निर्देशन दिएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेल लाभकर बारे ९ औं पटक छलफल गर्दै समितिले आगामी ६ दिन भित्रै असुली सक्न निर्देशन दिएको हो ।

‘यस अघि १० महिना २ गतेको समिति बैठकले ९० दिन भित्रै एनसेल बिक्री वापतको लाभकर असुल्न दिएको निर्देशन अनुसार बाँकी अवधीमा करको दर यकिन गरेर असुल उपर गराउन समिति पुनः निर्देशन दिने’, समितिका सभापति डोरप्रसाद उपाध्यायले निर्देशनको मस्यौदा पढेर सुनाए ।

समितिको माघ २ गते बसेको बैठकले ९० दिन भित्रै एनसेल बिक्री वापतको लाभकर बिक्रेताबाट असुल्न निर्देशन दिएको थियो । समितिले दिएको ९० दिनको सो समय सीमा बैशाख २ गते सकिँदैछ । प्रधानमन्त्रीलाई डाकिएको बैठकबाट समितिले फेरी माघ २ गतेकै निर्देशनलाई निरन्तरता दिँदै बैशाख २ गतेभित्रै कर असुल गरिसक्न भनेको हो ।

बैठले यस अघि एनसेलको स्वामित्व १२ पटक परिवर्तन भएको र ती सबै खरिद बिक्रिमा लाभ कर असुल नगरिएकाले सो समयमा कर अधिकृतहरुलाई छानविन गरि कारवाही गर्न पनि निर्देशन दिएको छ । समितिले यस अघिको एनसेल खरिद बिक्रि प्रकरणमा सामेल सरकारी अधिकृतहरुलाई छानविन गरि कारवाही गर्न अख्तियारलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्रीको बयानः कर असुलिन्छ
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले क्रेता र बिक्रेता कम्पनी यहि धर्तीमा भएकाले कर असुलिने बताएका थिए । उनले बिक्रेता टेलियासोनेरा र क्रेता एक्जियटा कम्पनीसँग संयुक्त छलफल गर्ने तयारी भैरहेको जानकारी पनि दिएका थिए ।

प्रधानमन्त्री दाहालले एक्जियटाले आफूमाथी अन्याय भएको बताउँदै आफूलाई चिठ्ठी लेखेपछि आफूले अर्थ मन्त्रीको ध्यानाकर्षण गराएको बताएका थिए ।‘एक्जियटाले पत्र लेखेर आफूमाथी अन्याय भयो भन्ने दावी गर्यो मैले सो पत्रको बोदार्थ अर्थ मन्त्रालय पठाएको थिएँ, त्यसकै आधारमा मन्त्रिपरिषदमा छलफल भएको हो, कुनै निर्णय भएको छैन’, दाहालले लेखा समितिमा स्पष्टिकरण दिँदै भने । उनले वैदेशिक लगानी निरुत्साहित नहुने गरि एनसेल बिक्रीको लाभकर प्रक्रिया अघि बढाउने पनि बताएका थिए ।

Share News