सनराइज बैंकको शाखा खुसिबुमा स्थानान्तरण, लकर सेवामा ५० प्रतिशत छुट

<p>काठमाडौं । सनराइज बैंक लिमिटेडले काठमाडौंको ढल्कोमा रहेको शाखालाई खुसिबुमा स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन आइतबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौड्यालले गरेका छन् । बैंकले अत्याधुनिक बैंकिङ्ग सेवाहरु लगायत छिटो र सुलभ सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले उक्त शाखा स्थानान्तरण गरेको हो [&hellip;]</p>

काठमाडौं । सनराइज बैंक लिमिटेडले काठमाडौंको ढल्कोमा रहेको शाखालाई खुसिबुमा स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन आइतबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौड्यालले गरेका छन् ।

बैंकले अत्याधुनिक बैंकिङ्ग सेवाहरु लगायत छिटो र सुलभ सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले उक्त शाखा स्थानान्तरण गरेको हो । सो शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ । नयाँ शाखा उद्घाटनको अवसरमा बैंकको सो शाखामा २०७४ बैशाख २७ गते सम्म लकरको वार्षिक भाडा दरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

हाल बैंकले नेपाल अधिराज्यभर ६८ वटा शाखा र ७७ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन.काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् । बैंकले निकट भविष्यमा काठमाडौंको घट्टेकुलो, झापाको बुधबारे, सुर्खेतको विरेन्द्रनगर तथा मकवानपुरको हेटौडामा शाखा स्थापना गर्ने छ ।

Share News