
हेमराज ढकाल, बस्तुगत तर्फको सदस्यका उम्मेदवार
नेपाल उद्योग वाणिज्य महासंघ
तपाईं कुन कुन व्यवसायमा संलग्न हुनुहुन्छ ?
मेरो व्यावसायिक यात्रा सवारी र यसका पार्टस्को व्यापारबाट शुरु भयोको त्यो पनि जापानबाट । त्यसपछि नेपाल आएर मैले कलंकीमा जोयन्ट भेञ्चरमा जापान अटो टेक्नो सेन्टरको पनि स्थापना गरे । त्यहाँ पुराना गाडी ल्याएर आधुनिक प्रविधिहरुबाट ठिक गरेर शोरुममा बेच्ने गरिन्थ्यो । पछि सरकारले पुराना गाडी ल्याउन प्रतिबन्ध लगायो ।
त्यसपछि मैले झापाको ज्यामीगरीमा रहेको डेढ सय बिगाह जमिनमा चिया खेती गर्न लागेँ । त्यहाँ रुख रोपेर हुर्काउनेसम्मको काम गरियो । सँगसँगै काठमाडौंमा मेरो म्याट्रेसको पनि व्यवसाय थियो । दुईवटा व्यवसायमध्ये कुन चाँहीमा जोड दिने भन्नेमा मलाई दुविधा पर्यो । मैले काठमाडौंमा मेरो परिवार पनि भएकाले म्याट्रेसको कारोबार सम्हाल्नुमै उचित ठानेँ। मैले म्याट्रेस कारोबारलाई बिस्तार गर्दै गएँ । यो व्यवसायले राम्रो बजार लिँदै गयो र ’हरिटेज कार्पेट, मिठो निद्राको लागि’ भन्दै ब्राण्ड पनि गर्यौ । साथीभाईहरुको साहयताले धेरै कुरा पनि सिकायो ।
फर्निसिङसम्बन्धी राम्रो ज्ञान पाएपछि मैले बजारमा ‘ननवेभन’ कार्पेट ल्याए । हुन त नेपालमा पहिले पनि कार्पेट त बन्ने गर्दयो । तर ती सबै रिब टाइपको मात्र हुन्थ्यो । त्यसपछि जकार्ड जस्ता विभिन्न फरक किसिमका उत्पादन भित्रिएपछि व्यवसाय फस्टाउदै गयो । जसले गर्दा ६ महिनामै कार्पेट बजारको प्रमुख हिस्सा बन्न सफल भयो ।
केहि महिना अगाडि थानकोटमा म्याट्रेसमा प्रयोग हुने पोलिथिन फर्मको कारखाना स्थापना भएको छ । पछिल्लो समय हेरिटेजले फर्निसिङसम्बन्धी बस्तुहरुको पनि कारोबार थालेको छु । साथै मैले झापाका केही साथीहरुसँग मिलेर एक्सेल विकास बैंकपनि खोलेको छु । त्यहाँ पहिले सञ्चालक समिति सदस्य थिए, अहिले अध्यक्ष भएको छु ।
चेम्बर मोमेन्टमा तपाईंको सहभागिता कत्तिको छ ?
हाल म श्रीलंका चेम्बर अफ कमर्शमा उपाध्यक्ष छु । एफएनसिसिआईले गर्ने विभिन्न कार्यक्रममा मेरो सहभागिता रहने गरेको थियो । तर प्रत्यक्ष चुनावमा उठेको थिइन । यसपाली पहिलो पटक कार्यसमितिका लागि उम्मेदवारी दिएको पहिलो छु ।
तपाईको उम्मेदवारी केका लागि ?
मैले नेपाल चिया उत्पादक संघको तर्फबाट उम्मेदवारी दिएको छु । सानै देखि म चियाँ उत्पादनमा लागेको मान्छे । किसानदेखि उद्योगीसम्मको अनुभव छ । चिया उत्पादन गर्ने किसान र उद्योगबीच द्वन्द्व चल्ने गरेको छ । विदेशतिर आन्तरिक उत्पादनलाई बढावा गर्ने उदेश्यले सरकारले किसान र उद्यमीका लागि प्रोत्साहन गर्छन् । नेपालमा यस्ता कुराहरु अल्झिएका छन् । सरकारसँग बसेर सहमति त भएका छन् तर कार्यान्वयन भएको छैन । सोह्रवटा जिल्लामा चिया उत्पादन भएको छ । तीन सय अर्ब भन्दा बढी लगानी छ र एक लाख भन्दा बढीले रोजगारी पाएका छन् । यो अन्तराष्ट्रियस्तरमा निर्यात हुने उत्पादन हो । महासंघले सबै कुरामा ध्यान पुर्यारउन नसकेको हुनसक्छ । यसका लागि अलग्गै सचिवालय गठन गरेर यसको निर्यात प्रर्वद्धन तथा प्रत्साहनका लागि केहि गर्न सकिन्छ की भनेर मैले उम्मेदवारी दिएको हो ।
शेखर गोल्छाको टिम नै किन रोज्नु भयो ?
मलाई शेखर गोल्छा टिमको सम्मिश्रण नै चित्त बुझेको हो । शेखर गल्छा आफै पनि व्यवासायद्वारा १६/१७ हजार जनालाई रोजगारी दिइरहनुभएको छ । औद्योगिक पूर्वाधार भित्र्याउनलाई उहाँमात्र नभई उहाँका पूर्वजको पनि योगदान छ । आर्थिक वृद्धि र रोजगारी श्रृजनामा पनि विशेष योगदान पुर्यावउने पारिवारिक पृष्ठभूमिका गोल्छा आफैमा पनि सफल व्यापारी हुनुहुन्छ । उहाँ मलाई भिजन भएको व्यक्तित्व लाग्छ । त्यस्तै उमेशलाल प्रधानको पनि पारिवारिक, व्यवासायिक तथा राजनीतिक पृष्ठभूमि राम्रो मानिन्छ । उहाँ मिलनसार प्रवृत्तिको सफल व्यापारी हुनुहुन्छ । ईतिहासकै पहिलो महिला अध्यक्ष भवानी राणापनि हुनुहुन्छ । त्यसैले यो टिम मलाई ठिक लाग्यो । दिनेश श्रेष्ठ पनि अत्यान्तै मिलनसार, एफएनआईसीलाई अत्यान्त धेरै समय दिन सक्ने र काम गर्ने व्यक्तिको रुपमा चिनिनु भएको छ । चन्द्र ढकाल रेमिट्यान्स क्षेत्रको पायोनियर नै हुनुहुन्छ । ग्लोबल आइएमइ बैंकको अध्यक्ष पनि हुनुहुन्छ । चन्द्रागिरी हिल केबलकार बनाउनु भयो । राष्ट्रिय अर्थतन्त्रमा उहाँको पनि ठूलो लगानी छ, योगदान छ । उहाँ जस्ता लगानीकर्ताको योगदानले महासंघमा राम्रो टिम बन्छ भन्ने सोचले नै मैले यताबाट उम्मेदवारी दिएको हो ।
तपाईले व्यवसायिक व्यक्तिहरुसँग के भनेर भोट माग्नु भएको छ ?
भोट माग्न सजिलो छैन । एउटै मानिसलाई मनाउन पनि घण्टौं लाग्छ । किनभने उहाँहरु नेताको पनि नेता हुनुहुन्छ । त्यसै त त्यहाँ पुगिदैन । वस्तुगत संघको अध्यक्ष हुनु आफैमा ठूलो योगदान गरेका व्यक्ति हुनुहुन्छ ।
मैले त आफैले पनि विभिन्न बाधाअड्चनहरुलाई झेलेर चियादेखि म्याट्रेस, कार्पेटसम्ममा सफलपूर्वक व्यवसाय सम्हाल्दै आएको छु । मैले संकटकाल, भूकम्प र नाकाबन्दी जस्ता समस्या बावजुद पनि आफ्नो व्यवसायलाई जोगाउदै यहाँसम्म पुर्यायएको छु । जीरो लेबलदेखि संघर्ष गर्दै आएको छु । व्यवसाय त स्थापना गरे । एफएनसिसिआइ संस्थामा रहेर नीतिगत तवरमा काम गर्न सकिन्छ । सरकारले तीन सय अर्ब खर्च गर्न नसकेको तथ्यांङ्क छ । महासंघको पहल पनि कम हुन गएको हुनसक्छ । म पनि महासंघको टिममा परे भने केहि योगदान गर्नसक्छु भन्ने ठानेको छु ।
रेमिट्यानसले नै हाम्रो जिविकोपार्जन चलेको छ । यो दीर्घकालिनरुपमा त चल्दैन । आर्थिक क्रान्ति र सम्बृद्धिका कुरा गरिएपनि काम केहि भएको देखिदैन । सायद महासंघको पनि केहि कमीकमजोरी भयो होला । यसमा पनि केहि योगदान दिन सकिन्छ कि भन्ने मेरो सोच हो ।
एउटा व्यक्तगत प्रसंग जोड्न चाहन्छु । तपाईंको दाजु चण्डीराज ढकाल महासंघको अध्यक्ष भएर पनि बाहिरिएको धेरै समय भएको छ । तपाईं महासंघमा किन ढिला प्रवेश गर्नुभयो ?
अरुले छोरा र नातेदारलाई युवा अवस्थामै महासंघमा प्रवेश गराएको देखिन्छ । पहिलै नै आउन मलाई गाह्रो थिएन । तर म जबसम्म सक्षम हुन्न, महासंघमा आउनुहुदैन भन्ने सोचँे । कसैले नबोलाएको पनि होइन । अहिले पनि चुनावी प्रकृयाबाट त्यो पनि गाह्रो मानिएको वस्तु गतमा आउदैछु । अरु सजिला बाटाहरु नभएका होइनन् । त्यसैले दाई या बुवाको नाम लिएर भन्दा पनि आफ्नो बलबुताले आफै सक्षम भएर आउनुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति भएकाले ढिलो भएको जस्तो लाग्छ ।