काठमाडौं । विष्णुमति खोला किनारमा चार थान पेस्तोल र ५८ राउण्ड गोली भेटिएको छ ।
खोला सफा गर्ने क्रममा आइतबार बिहान पेस्तोल र गोली फेला परेको हो ।
काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित विष्णुमति खोला किनारबाट टाइप- ५४ पेस्तोल र सोही पेस्तोलको म्यागजिन ७ थान भेटिएको हो ।
प्रहरीले पेस्तोल र र गोली जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको हुनसक्ने आशंका गरेको छ ।