लागूऔषधसहित १० जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीको उनीहरुको साथबाट खैरो हेरोइन २२४ ग्राम र अफिम ५२ ग्रामसहित १० जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको छ ।

सो ब्यूरोबाट खटिएको प्रहरीले झापा गौरीगञ्ज गाउँपालिका-३ घर भएका २४ वर्षीय सुरज दाहाल, रामेछाप लिखु तामाकोसी गाउँपालिका-६ घर भएका २६ वर्षीय ईश्वर खत्री र काठमाडौं महानगरपालिका ३० घर भएका ४५ वर्षीय अर्विन प्रधानलाई खैरो हेरोइन ३१ ग्राम ८०० मिलिग्रामसहित पक्राउ गरेको हो ।

यसैगरी, दोलखा शैलुङ गाउँपालिका-२ घर भएका ३६ वर्षीय सुकमान तामाङ, काभ्रे नमोबुद्ध नगरपालिका-२ घर भएका २९ वर्षीय पवन लामा, कास्की घर भएका ४८ वर्षीय रोहितबहादुर राना र पर्सा ठोरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय विशाल विकलाई खैरो हेरोइन ९८ ग्राम ७६० मिलिग्रामसहित पक्राउ गरेको हो ।

यसैगरी, काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब दुई किलो ९६० ग्रामसहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

श्रीलङ्कन एयरलाइन्सको उडानद्वारा कोलम्बोबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो । 

Share News