आफूले गरेको कामको मूल्याङकन गर्न अनुपबहादुर मल्लको आग्रह

<p>काठमाडौं । अनुपवहादुर मल्लले नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी घोषण गर्दै आफूले महासंघमा १८ वर्ष गरेको कामको मूल्याङकन गर्न आग्रह गरेका छन् । शुक्रबार महासघका अध्यक्ष पशुपति मुरारका, अब बन्ने अध्यक्ष भवानी राणा, पूर्व अध्यक्षहरु कुशकुमार जोशी, चण्डिराज ढकाल लगायत विभिन्न बस्तुगत संघको प्रतिनिधिहरुको उपस्थितिमा मल्ल र उनको टीमबाट ४ जना सदस्यले उम्मेदवारी [&hellip;]</p>

काठमाडौं । अनुपवहादुर मल्लले नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी घोषण गर्दै आफूले महासंघमा १८ वर्ष गरेको कामको मूल्याङकन गर्न आग्रह गरेका छन् । शुक्रबार महासघका अध्यक्ष पशुपति मुरारका, अब बन्ने अध्यक्ष भवानी राणा, पूर्व अध्यक्षहरु कुशकुमार जोशी, चण्डिराज ढकाल लगायत विभिन्न बस्तुगत संघको प्रतिनिधिहरुको उपस्थितिमा मल्ल र उनको टीमबाट ४ जना सदस्यले उम्मेदवारी घाेषणा छन् ।

आफूले महासंघमा १८ वर्षसम्म योगदान गरेको, चार पटकसम्म कार्यसमिति सदस्यमा निर्वाचित भएको, विभिन्न समितिको सभापति भएर काम गरेको, कार्यसम्पादनको आधारमा उपाध्यक्षको उम्मेदवारी दिएको बताए । निर्यात प्रवद्र्धन र महासंघको आम्दानी वृद्धिका कार्यमा आफूले महत्वपूर्ण योगदान गरेको उनको भनाई छ ।

आफूले गत निर्वाचनमा सबैभन्दा बढी मत पाएको र राम्रो काम गरेको बताउँदै नेतृत्वले आफूलाई उम्मेदवार बन्दा सहयोग नगरेको उनले बताए । सरकारले एक नम्बर, दुई नम्बरको मान्छेलाई नछानेर ३/४ नम्बरको मान्छेलाई अवसर दियो, नियुक्ती दियो, बढुवा गर्यो भनेर हामी सरकारको आलोचना गर्छौ, तर महासंघको नेतृत्व छान्नेले बोनाफाइड मान्छे किन नछान्ने?’ उनले प्रश्न गरे ।

‘मैले अहिलेसम्म कुनै चुनाव हारेको छैन, यस पटक पनि चुनाव जित्ने विश्वास लिएको छु’ मल्लले भने । ‘परिवारको कुरा हो भने म पनि जयस्थीति मल्लको सन्तानु हुँ, रणजीत मल्लको परिवारको मान्छे हुँ’ उनले भने–‘तर मैले जयस्थीति मल्ल र रणजीत मल्लको सन्तान हुँ भनेर म चुनावमा उठेको होइन, म सक्षम छु, विगतमा राम्रो काम गरेको छु भनेर म चुनावमा उठेको हुँ ।’

कार्यक्रममा सम्बोधन गर्न पुगेकी भवानी राणाले मल्लले महासंघमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंशा गरिन् । मल्लको टिमबाट रसायन तथा मेडिकल एशोसिएनको अध्यक्षका भक्तबहादुर हमाल, नेपाल कपाड तथा सिलाई व्यवसायी संघमा अध्यक्ष सुरज बज्राचार्य, नेपाल पशुपंक्षी औषधी व्यवसायी संघको अध्यक्ष हेमराज बढाल, मत्य व्यवसायी संघका तुलसीराज गिरीले उम्मेदवारी दिएका छन् ।

Share News