काठमाडौं । मोबाइल लुटेर आफ्नो बैंक खातामा पैसा ट्रान्सफर गर्ने तीन जना व्यक्ति पक्राउ परेका छन् । शुक्रबार काठमाडौंबाट १९ समीर तामाङ, १८ वर्षीय जनम तामाङ र १८ वर्षीय प्रज्वल राई पक्राउ परेका हुन् ।
उनीहरूले मोबाइल लुटेर मोबाईलमा रहेको मोबाईल बैंकिङबाट बैंक खाता तथा वालेटमा भएको २ लाख २७ हजार ६ सय रुपैयाँ विभिन्न बैंक तथा वालेट लगायत विभिन्न पसलहरूमा ट्रान्सफर गरेका थिए ।
रकम चोरी तथा लुटपाट गर्ने कार्यमा संलग्न रहेका उनीहरुलाई बैंकिङ कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।