काठमाडौं । सोमबार सेयर बजार समान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ४ अंकले घटेर २८३३ बिन्दुमा झरेको हो ।
नेप्सेका अनुसार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सोमबार ३४२ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेसनल हाइड्रो पावर कम्पनीको भएको छ । नेसनलको ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै रिडि पावरको ४९ करोड, रिलाइन्स स्पिीनिङको ४५ करोड, आँखु खोलाको ३८ करोड र एसवाई प्यानलको ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबारको कारोबारमा ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सुपर खुदी हाइड्रोपावर, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, होटल फोरेस्ट इन, पाल्पा सिमेन्ट, रिडिज लाइन इनर्जी र सिखर पावर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।