पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सम्पन्न

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया भएको छ । पित्तथैलीमा समस्या देखिएपछि सोमबार (आज) उनको शल्यक्रिया गरिएको हो। 

ओलीलाई अहिले आइसीयुमा सारिएको छ । उनको पित्तथैलीबाट २२ एमएमको ढुंगा निकालिएको थियो ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको हो । 

अस्पताल स्रोतका अनुसार ओलीको अवस्था अहिले स्थिर छ ।

Share News