कृषि विकास बैंकले बढायो ब्याजदर, ७ बैंकले घटाउँदा १२ को स्थिर

काठमाडौं । वाणिज्य बैंकहरूले वि.सं २०८३ वैशाख महिनाका लागि ब्याजदर घटाएका छन् । वैशाख १ गतेदेखि लागू हुने गरी बैंकहरुको ब्याजदर घटेको हो । 

वैशाख महिनाका लागि बैंकहरूको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.०८ प्रतिशत घटेर औसत ४.४१ प्रतिशतमा ब्याजदर झरेको छ । जबकि चैतमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.४९ प्रतिशत थियो ।

यस्तै, वैशाखमा मुद्दती निक्षेपको संस्थागततर्फ औसत ०.०६ प्रतिशत घटेर ३.२३ प्रतिशतमा झरेको छ । यसअघि चैतमा संस्थागततर्फ औसत ३.२९ प्रतिशत ब्याजदर थियो ।

वैशाख महिनाका लागि ७ बैंकले ब्याजदर घटाएका छन् भने १२ बैंकले ब्याजदर स्थिर राखेका छन् । तर, कृषि विकास बैंकले भने ब्याजदर बढाएको छ । बैंकले वैशाखमा व्यक्तिगततर्फ ०.०४ प्रतिशत बढाएर ४.१५ प्रतिशत र संस्थागततर्फ ०.०३ प्रतिशत बढाएर २.७८ प्रतिशत बिन्दु ब्याजदर तोकेको छ । यसअघि चैतमा व्यक्तिगतको ४.११ प्रतिशत र संस्थागतको २.७५ प्रतिशत ब्याजदर तोकेको थियो । 

एभरेष्ट बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन् ।

नेपाल बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले ब्याजदर स्थिर राखेका छन् । 

null

Share News