प्रधानमन्त्री र उद्योगमन्त्रीसँग सबैभन्दा बढी सुन, कुन मन्त्रीसँग कति ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक गरिएको विवरणअनुसार मन्त्रिपरिषद्का सदस्यहरू सुनचाँदीमा निकै धनी देखिएका छन् । प्रधानमन्त्रीसहितका मन्त्रीहरूसँग कुल करिब ८ सय तोला सुन मौज्दात रहेको पाइएको छ ।

विवरणअनुसार प्रधानमन्त्री बालेन शाह र उद्योगमन्त्री गौरी कुमारीसँग सबैभन्दा बढी सुन रहेको देखिएको छ ।

प्रधानमन्त्री शाहसँग १९० तोला सुन रहेको छ । उक्त सुन पत्नी सविनाको पैतृक सम्पत्तिका रूपमा प्राप्त भएको विवरणमा उल्लेख छ ।

उद्योगमन्त्री गौरी कुमारीसँग १८० तोला सुन रहेको छ । उनले यो सम्पत्ति रुसमा व्यापार गर्ने क्रममा आर्जन गरेको बताएकी छिन् ।

गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको छ । श्रममन्त्री रामजी यादवसँग ८० तोला सुन मौज्दात छ । अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४५ तोला सुन रहेको छ ।

कुन मन्त्रीसँग कति ?

गृहमन्त्री सुधन गुरुङ- ८९ तोला
श्रममन्त्री रामजी यादव- ८० तोला
अर्थमन्त्री स्वर्णिम वाग्ले- ४५ तोला
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल- ३०
स्वास्थ्यमन्त्री निशा मेहेता-३० तोला
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल-२५ तोला
शिक्षामन्त्री सस्मित पोखरेल-२५ तोला
परराष्ट्रमन्त्री शिशिर खनाल- २२ तोला
महिला बालबालिकामन्त्री सीता वादी-१८ तोला
उर्जामन्त्री विराजभक्त श्रेष्ठ- १५ तोला
कानुनमन्त्री सोविता गौतम- १५ तोला
पर्यटनमन्त्री खडकराज पौडेल- ११ तोला
सञ्चारमन्त्री विक्रम तिमिल्सिना- करिब ७ तोला
कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरी- ५ तोला 

Share News