अर्थमन्त्रीको सम्पत्ति : ४ वटा घर, पौने २ करोड बैंक ब्यालेन्स र करोडौंको सेयर

बैंकमा साढे ३ करोड ऋण

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति सार्वजनिक गरेका छन् । उनीसँग चारवटा घर र अपार्टमेन्ट र बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको छ । 

उनले ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, ललितपुरमा ५ करोडको घर, काभ्रेमा ३ करोड ७५ लाखको अपार्टमेन्ट र तनहुँमा २ करोडको घर रहेको खुलाएका छन् । आज सार्वजनिक सम्पत्ति विवरणमा उनको ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् ।

उनले स्रोतमा अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास बिक्री, बैंक ऋण र व्यक्तिगत सापटी उल्लेख गरेका छन् र २९ चैत, काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चारवटा घर, अपार्टमेन्ट रहेको खुलाएका छन् ।

उनले यस्तो स्रोत अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, अन्तर्राष्ट्रिय रोजगारी, बैंक ऋण तथा प्यक्तिगत सापटी उल्लेख गरेका छन् । उनले ३ करोड रुपैयाँ ऋण रहेको पनि उल्लेख गरेका छन् । 

यस्तै, उनले ४५ तोला सुन रहेको खुलाएका छन् । त्यस्तै उनले सानिमा मिडल तमोर हाइड्रोमा प्रमोटर सेयर ७१ हजार ९३ कित्ता, सांग्रिला विकास बैंकमा प्रमोटर सेयर २५ हजार ७६२ कित्ता रहेको खुलाएका छन् ।

उनले नेशनल फन्ड म्यानेज्मेन्ट लिमिटेडमा ९० लाख रुपैयाँ, ठूलो लखोलामा ६० लाख, अपर मादी हाइड्रोमा ३ करोड रुपैयाँ रहेको पनि उल्लेख गरेका छन् । उनले आफूसँग ९४ लाख रुपैयाँको गाडी रहेको पनि बताएका छन् ।

त्यस्तै उनले ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख, व्यक्तिगत सापटी २ करोड ५० लाख रुपैयाँ ऋण रहेको उल्लेख गरेका छन् । उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८ र स्ट्याण्डर्ड चार्टड बैंकबाट ७५ लाख रुपैयाँ ऋण लिएर पनि तिरिसकेको उल्लेख गरेका छन् ।
 

Share News