काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय लिएका छन् । नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालयमा पुगेर उनले उक्त निर्णय गरेका हुन् ।
गृहमन्त्री गुरुङलाई सशस्त्रका डिएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए ।
सोही अवसरमा नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, एसपी युवराज खडका, अनुसन्धानका एसपी अभिनयकुमार सिंह लगायतको पनि सहभागी रहेको थियो ।
आजै दूषित पानीको कारण नवलपुरमा गैंडाहरू धमाधम मृत भेटिएको भन्दै स्थानीयहरूले गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए । नवलपुरका सांसद राजन गौतमसहितको टिमले ज्ञापनपत्रसमेत बुझाएका छन् ।
विभिन्न उद्योगबाट आएको दूषित फोहोर पानी खोलामा मिसिएको र उक्त पानी खाँदा कैयौं वन्यजन्तुहरू मृत भेटिएको स्थानीयहरूको गुनासो छ । उक्त औद्योगिक क्षेत्रको गृहमन्त्री गुरुङले अवलोकनसमेत गरेका थिए ।