काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको हत्यामा संलग्न अभियुक्तलाई नियन्त्रणमा लिन सफल महिला प्रहरी सम्मानित भएकी छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटी तथा घटनामा सक्रिय भूमिका निर्वाह गर्ने महिला प्रहरी शाहाना बोहरालाई नगदसहित पुरस्कृत गरिएको हो ।
उनीहरूले हतियारसहित भाग्दै गरेका अभियुक्तलाई पछ्याउँदै नियन्त्रणमा लिएका थिए ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख (प्रहरी अतिरिक्त महानिरीक्षक) ईश्वर कार्कीको उपस्थितिमा प्रदान गरिएको छ ।
प्रहरीका अनुसार बुधबार साँझ करिब ७ : ४० बजे भएको घटनामा सिर्जन नेम्बाङ र सुमीत नेम्बाङमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण हुँदा ज्यान गएको थियो ।