काठमाडौं । कलाकार सागर लम्साल ‘बले हाजिरी जमानीमा छुटेका छन् । अभद्र व्यवहार गरेको भन्ने जाहेरीको आधारमा पक्राउ परेका उनी शुक्रबार हाजिरी जमानीमा छुटेका हुन् ।
आवश्यक परेको बेला उपस्थित हुनेगरी हाजिरी जमानीमा बले छुटेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
उनलाई परिवारको जिम्मामा छाडिएको हो ।
बले गत शनिबार बिहान पक्राउ परेका थिए । अमेरिकामा बस्दै आएकी एक युवतीले सामाजिक सञ्जालमार्फत उनीविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् ।
प्रहरीले उजुरी र उजुरीकर्ताबारे खुलाएको भने छैन । प्रहरीका अनुसार उनीविरुद्ध जबरजस्ती करणी कसुरमा कुनै जाहेरी भने नपरेको जनाएको छ ।
बले पक्राउ प्रकरण : आरोप बलात्कारको, अनुसन्धान अभद्र व्यवहारको