न्यायपालिकाले निष्पक्ष भएर न्याय दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपालिकाले निष्पक्ष रुपमा न्याय दिनुपर्ने बताएका छन् ।

शुक्रबार संघीय सदनको दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै उनले सर्वसाधारणले न्यायपालिकाबाट निष्पक्ष न्यायको आवश्यकता महसुस गरेको बताउँदै उनले न्यायपालिका त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राखे ।

‘युवाको भावनाअनुसार नयाँ सरकार गठन भएको छ, अब सरकारसँगै न्यायपालिकाले पनि निष्पक्ष भएर काम गर्न आवश्यक छ,’ उनले भने । 

राज्य भएको अनुभूति दिन र सेवामा चुस्तदुरुस्त गर्दै नागरिकले घरदेलोमै सरकार छ भन्ने काम गर्नुपर्ने बताए । 
 

Share News