उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव सिफारिस

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव सिफारिस गरिएको छ ।

उनीहरूलाई शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिसमक्ष मन्त्रीका लागि सिफारिस गरेका हुन् ।

उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यसूची तय गरिएको छ ।

गौरीकुमारीले महोत्तरी- ४ र रामजीले सप्तरी- २ बाट प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए ।

बिहीबार प्रधानमन्त्री बालेन्द्र साहले श्रममन्त्री दीपक साहलाई पदमुक्त गरेका थिए भने उद्योग मन्त्रालय आफैले सम्हाल्दै आएका थिए । 

यससँगै शाह नेतृत्वको मन्त्रिपरिषद् १६ सदस्यीय बनेको छ ।

Share News