भीईसीभीले एकै वर्षमा १ लाख युनिट बिक्रीको माइलस्टोन पार गर्‍यो

काठमाडौं । भल्वो ग्रुप र आइसर मोटर्सको ज्वाइन्ट भेन्चरमा रहेको भीई कमर्सियल भेइकल्स लिमिटेड (भीईसीभी) ले आर्थिक वर्ष २०२५–२६ मा १ लाख युनिट बिक्रीको माइलस्टोन पार गरेको छ । 

यो हालसम्म वार्षिक रूपमा सबैभन्दा धेरै संख्याको बिक्री हो ।

भारतीय आर्थिक वर्षको अन्तिम महिना अर्थात मार्चमा कम्पनीले १० हजार ५७९ अर्थात अघिल्लो वर्षको यही अवधिको तुलनामा २०.८ प्रतिशत बढी बिक्री गरेको छ।

भीईसीभीको यो उपलब्धिमा कम्पनीका लाइट र मिडियम ड्यटी ट्रक, हेभी ड्युटी ट्रक र बस जस्ता सवारी साधनले भूमिका खेलेका छन् । यो अवधिमा सबैभन्दा बढी अर्थात ४६।१ प्रतिशत भूमिका लाइट एन्ड मिडियम ड्युटी ट्रकको छ । यी सवारी साधन ४७ हजार ७८९ युनिट बिक्री भएका छन् ।

त्यसैगरी, हेभी ड्युटी ट्रक २६ हजार ८६७ युनिट बिक्री भएका छन् । यी सवारी साधनको समग्र बिक्रीमा भूमिका २५.९ प्रतिशत छ । त्यसैगरी १९ हजार ३६३ अर्थात १८.७ प्रतिशत बस बिक्री भएका छन् ।

भीईसीभीले विभिन्न उत्पादन उपलब्ध गराइरहेको छ र बेस्ट इन क्लास इन्धन दक्षता, उत्कृष्ट सञ्चालन समय अर्थात सुपेरियर अपटाइम र ग्राहक–केन्द्रित समाधानहरू प्रदान गर्ने कार्यलाई जारी राखेको छ । 

सन् २००८ देखि यी दुई ग्रुपको साझेदारी बने पश्चात भल्वो ग्रुपको ग्लोबल टेक्नोलोजीमा भएको विशेषज्ञता र आइसर मोटर्सको मार्केटिङ सम्बन्धी गहिरो बुझाई दुवैलाई जोडेर कमर्सियल मोबिलिटीको बेन्चमार्कलाई पुनःपरिभाषित गर्नमा भूमिका निर्वाह गरेको छ ।

नेपालमा भीईसीभीको आधिकारिक वितरक बतास एमएडब्लु हो । यस प्रकारको ऐतिहासिक यात्राको एक भाग हुन पाएकोमा बतास एमएडब्लुले गर्व महसुस गरेको बताएको छ ।

आगामी दिनमा समेत यस प्रकारको एड्भान्स्ड मोबिलिटीलाई ग्राहक बिचमा ल्याउने र नेपालको यातायात क्षेत्रको विकासका लागि क्रियाशील रहने प्रतिबद्धता समेत कम्पनीले व्यक्त गरेको छ ।

Share News