नेपाली वायुसेवामा थपिदै अर्बौको लगानी, १६ जहाज थप्ने ७ कम्पनीकाे अन्तिम तयारी

<p>काठमाडौं । पछिल्लो समय नेपालबाट उडान र अवतरण गर्ने वायुसेवामा अर्बौको लगानी थप हुन थालेको छ । नेपाल वायुसेवा निगमले ठूलो जहाज खरिद गर्ने सम्झौता गरेको छ । निगमले इतिहासमै पहिलोपटक २ वटा वाइडवडि नामका लामो दुरीको अन्तर्राष्ट्रिय उडानको जहाज थप गर्ने भएको छ । निगमले एक वर्षमा २ वटा एयरवसको ए ३३०—२०० सिरिजका २८० [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय नेपालबाट उडान र अवतरण गर्ने वायुसेवामा अर्बौको लगानी थप हुन थालेको छ । नेपाल वायुसेवा निगमले ठूलो जहाज खरिद गर्ने सम्झौता गरेको छ । निगमले इतिहासमै पहिलोपटक २ वटा वाइडवडि नामका लामो दुरीको अन्तर्राष्ट्रिय उडानको जहाज थप गर्ने भएको छ ।

निगमले एक वर्षमा २ वटा एयरवसको ए ३३०—२०० सिरिजका २८० सिट क्षमतको जहाज थप गर्दै छ । निगमले २२ अर्ब ४२ करोड रुपैयाँमा २ वटा जहाज खरिदको सम्झौता गरेको हो । निगलले आगामी एक वर्षभित्र नयाँ जहाज ल्याएर उडान सुरु गर्ने तयारीस्वरुप आवश्यक गृहकार्य गरिरहेको निगमले जानकारी दिएको छ ।

एक वर्ष भित्रै जहाज थपको तयारीमा लागेका र औपचारिक रुपमा घोषणासमेत गरिसकेका अन्य आन्तरिक वायुसेवाले पनि जहाज भित्र्याउने अन्तिम तयारीदेखि गृहकार्य गरेर आगामी वर्षको योजना तय गरिसकेका छन् । अहिले नेपालमा एक दर्जन वायुसेवाको नियमित उडान रहेको छ । यीमध्ये एक वर्षभित्र जहाज ल्याउने र भर्खर ल्याएर उडान तयारी गरिरहेकामा ७ वटा कम्पनीका १६ वटा जहाज रहेका छन् ।

भर्खरै आन्तरिक उडानमा निगम र गोमा एयरले दुई २ वटा र सौर्य र बुद्ध एयरले १ एक वटा जहाज ल्याएर उडान सुरु गरिसकेका छन् । निगमकै आन्तरिक उडानमा वाई १२ नामक २ वटा चिनियाँ जहाज आउने अन्तिम तयारीमा रहेको छ । आन्तरिक उडानमा नियमित सेवाको तयारी गरिरहेको श्री एयरलाइन्सले पनि ४ वटा जहाज एक वर्ष भित्रै ल्याउने भएको छ । यो कम्पनीले २ वटा भने काठमाडौ‌ अवतरणको तयारीसमेत गरिसकेको छ ।

आन्तरिक उडानमै बुद्ध एयरको सिको गर्दै आन्तरिक उडानको वायुसेवा कम्पनी यति एयरले चारवटा एटीआर नामक ७२ सिट क्षमतको जहाज ल्याउने भएको छ । यो कम्पनीले केही समयमा नै २ वटा र अर्को वर्ष थप २ वटा जहाज ल्याउने तयारी गरिरहेको छ ।

आन्तरिक उडानमा डोर्नियरबाट सेवा दिइरहेको सीता एयरले पनि नयाँ व्यवास्थापन भित्र्याएसँगै २ वटा जहाज थपको तयारी गरिसकेको छ । यो वायुसेवाले हाल उडानमा रहेकै प्रकृतिको २ जहाज थप गर्न पर्यटन मन्त्रलयसमक्ष तीन साता अगाडि नै निवेदन दिएको छ ।

आन्तरिक उडानमा हेलिकोप्टर कम्पनी पनि एक पछि अर्को गर्दै उडान थप गर्न लागि परेका छन्, बजार बढाउन नसकेको भएपनि प्रतिस्पर्धाले जहाज संख्या भने धमाधम बढिरहेको पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालले बताए ।

प्राइस वारको प्रतिस्पर्धा सुरु
उनका अनुसार आन्तरिक उडानमा भएको यो प्रतिस्पर्धाले कुन वायुसेवा टिक्ने र कुन विस्थापन हुने भन्ने चुनौती अब देखिने भएको छ । जहाज थपसँगै वायुसेवाले आन्तरिक उडानमा प्राइस वार पनि गर्न थालेका छन् । यसले यात्रुलाई भने फाइदा पुगेको छ । त्यसो त हिमालयल एयरले सेवा दिन थालेपनि वायुसेवा निगमसँग प्रतिस्पर्धी बढेको छ । जसले गर्दा यात्रुले छनोट गरेर सेवा पनि लिन पाएका छन् ।

पछिल्लो समय सौर्य एयरले जहाज थप गरेपछि र निगमलसँग पनि जहाज थप भएकोले आन्तरिक उडानमा टिकटको मूल्य घटाउने अभ्यास हुन थालिसकेको छ । नेपालका अनुसार जसले प्रतिस्र्पामा गुणस्तरीयता कायम गरेर सेवा दिन सक्छ उसकैको बजार बन्ने पनि उल्लेख छ ।

कुन बायुसेवाका कति जहाज
वायुसेवा कम्पनी              संचालमा रहेका          थपिने जहाज
बुद्ध एयर                            ९ वटा                            १ वटा
तारा एयर                           ७ वटा                             –
यति एयरलाईन्स                 ६ वटा                            ४ वटा
गोमा एयर                         ६ वटा                              –
नेपाल वायुसेवा अन्तार्राष्ट्रिय ३ वटा                          २ वटा
हिमालय एयरलाइन्स          ३   वटा                          –
नेपाल वायुसेवा आन्तरिक  ६ वटा                          २ वटा
सिम्रिक एयरलाईन्स          ४ वटा                            –
सीता एयर                         २ वटा                           २ वटा
सौर्य एयर                          १ वटा                            १ वटा
मकालु                              १ वटा                             –
काष्टमण्डप                       १ वटा                             –
श्री एयरलाइन्स                   –                                  ४ वटा
जम्मा                              ४९ वटा                           १६ वटा

तथ्या‌क स्राेत: सम्बन्धित वायुसेवा कम्पनी

 

प्रतिस्पर्धा सुगम क्षेत्रमा केन्द्रीत
पर्यटन मन्त्रालयका अनुसार आन्तरिक वायुसेवाको उडान क्षमता विस्तार भएपनि सुगम क्षेत्रमै मात्र केन्द्रीत भएका छन् । हाल सुगम क्षेत्र उडानमा हुने जम्मा १६ लाख हवार्य यात्रुको सेवामा प्रतिस्पार्धा हुने गरेको पनि नेपालको बुझाई छ । उनका अनुसार अब आन्तरिक वायुसेवा दुर्गम क्षेत्र केन्द्रीत पनि हुनुपर्छ ।

निगमले आन्तरिक उडानमा जहाज थप गरेपछि दुर्गम क्षेत्रमा पनि सेवा विस्तार हुने अनुमान गरेपनि सरकारले कुनै न कुनै नियमले नकसेसम्म दुर्गमको सेवामा पहुँच विस्तार भने अझै चुनौतिपूर्ण छ । हालसम्म आन्तरिक वायुसेवाको सेवा सबै सहरी क्षेत्रका विमानस्थलमा केन्द्रीत भएकोले पनि दुर्गममा पहुँच विस्तार हुन सकेको छैन ।

मन्त्रालयका अनुसार १५ वर्ष अगाडिको अवधारणामा आएको दुर्गम क्षेत्र हवाई सेवा कोषलाई पुनः कार्यान्वयन गरेर दुर्गम क्षेत्र केन्द्रीत गर्न सकिन्छ । यसका लागि सुगममा उड्ने वायुसेवाले दुर्गमको लागि निश्चित प्रतिशतको योगदान गर्नुपर्छ । जुन वायुसेवा दुर्गममा जाँदैन त्यसले सुगमबाट उठेको पैसाको निश्चित प्रतिशत राख्नुपर्ने व्यवास्था गर्न लागिएको पनि मन्त्रालयको भनाइ छ ।

हाल नेपालका विभिन्न १२ वटा आन्तरिक वायसेवासँग ४९ वटा जहाज रहेका छन् । रहेको भएपनि तत्कालै थप भएका र हुने तयारिका जहाजको संख्या १६ वटा रहेको छ । यी वायुसेवामार्फत हुने उडान व्यवस्थापन अझै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई चुनौतिपूर्ण रहेको छ ।

Share News