आइतबार पनि ओपिडी सेवा सुचारु गर्न सरकारकाे निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल र सम्बन्धित निकायलाई आइतबार पनि ओपिडी सेवा सुचारु गर्न निर्देशन दिएको छ । सरकारले सरकारी कार्यालयलाइ शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागु गरे मन्त्रालयले एक विज्ञाप्ती जारी गर्दै सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो । 

मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीद्धारा हस्ताक्षरित विज्ञाप्तीमा भनिएको छ,‘अस्पतालहरूले  आइतबारको हकमा आफ्नो वर्कलोड र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने र यस व्यवस्था लागु गर्दा कर्मचारीहरूलाई हप्तामा शनिबार बाहेक अर्को एक दिन गरी दुईदिन बिदा गर्ने व्यवस्था गर्न सकिनेछ, बिदा दिन नसिकने अवस्थामा सट्टा बिदा उपलब्ध गर्न सकिने छ ।’

यस्तै मन्त्रालयले यो व्यवस्था  देशभरका प्रादेशिक अस्पतालहरूमा समेत लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई आग्रह गरेको छ ।

Share News