काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज दिउँसो ३ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
सो अवसरमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सदस्यहरूलाई उपस्थित हुन आह्वान गरिएको छ।