काठमाडौं । नेपाल राष्ट्र बैंकको दुई निर्देशकलाई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा बढुवा भएका छन् । निर्देशकद्वय हेम प्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटा कार्यकारी निर्देशक (ईडी)मा बढुवा भएको राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलले जानकारी दिए ।
मानव संसाधन व्यवस्थापन विभागका अनुसार राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधनसहित) को विनियम ५२ तथा विनियम ६५(२) बमोजिम न्यौपाने र सापकोटालाई बढुवा गरिएको हो ।
बढुवा भएका न्यौपाने बैंकिङ विभागमा कार्यरत छन् भने सापकोटा आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत छन् । किरण पण्डित डेपुटी गभर्नर नियुक्त र रोशन सिग्देल उमेरहदका कारण अवकाशमा गएपछि २ कार्यकारी पद रिक्त थियो ।