शुक्रबार मध्यरातदेखि संघीय संसद् अधिवेशन अन्त्य हुने

काठमाडौं । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य हुने भएको छ ।

मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न लागेका हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी पत्रअनुसार नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम अधिवेशन अन्त्य गरिएको हो । 

यससँगै प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु सत्र औपचारिक रूपमा समाप्त हुने भएको छ ।

Share News