सिद्धार्थ बैंकका संस्थापक अग्रवाल र केडिया बाहिरिने, बिक्रीमा राखे सेयर


काठमाडौं । सिद्धार्थ बैंकबाट २ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । संस्थापक सेयरधनी जगदिश कुमार अग्रवाल र सुबोध कुमार केडियाले आफ्नो नाममा रहेको सेयर बिक्री गरेर बैंकबाट बाहिरिने भएका हुन् । 

बैंकका अनुसार अग्रवालले आफ्नो नाममा रहेको ५ लाख ४४ हजार १६४ कित्ता र केडियाले ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् । 

खरिद गर्न इच्छुक लगानीकर्ताहरुले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधि भित्र खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । 

Share News