काठमाडौं । हिमालयन बैंकले ७ वटा शाखा कार्यालय मर्ज गर्ने भएको छ । बैंकका अनुसार पुतलीसडक शाखा समायोजनपछि अब सेवा आईटी प्लाजा कमलादी शाखाबाट उपलब्ध हुनेछ ।
त्यसैगरी अनामनगर शाखा थापाथाली शाखामामा मर्ज हुनेछ भने भीमसेन शाखा टेकु शाखामा मर्ज भई सेवा सुचारु हुनेछ ।
बैंकका अनुसार बाङ्गेमुढा शाखा ठमेल शाखामा समायोजन गरिनेछ । यसैगरी सोह्रखुट्टे शाखा बालाजु शाखामा समायोजन गरिनेछ भने दाैबहाल शाखा पाटन सुनधारा शाखामा र कुमारीपाटी शाखा झम्सीखेल शाखामा समायोजनपश्चात् सेवा सञ्चालन हुने बैंकले जनाएको छ।
बैंकले उपत्यकाभित्रका यी शाखा मर्ज गरेपछि आगामी दिनमा उपत्यका बाहिरका महानगरपालिकास्थित शाखाहरू पनि मर्ज गर्ने योजना बनाएको जनाएको छ ।
यसका साथै, स्थानान्तरण गरिएका शाखा कार्यालयहरूमा रहेका आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरू शिलबन्दी प्रक्रियामार्फत बिक्री गरिनेछ । बैंक, वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनका लागि उक्त सामग्री खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले ७ दिनभित्र आफ्नो प्रस्ताव पेश गर्न आह्वान गरिएको छ ।