देशभर सार्वजनिक यातायातको भाडा १०.७१ प्रतिशतले बढ्यो, कुन रुटमा कति ?

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि सरकारले नयाँ भाडादर निर्धारण गरेको हो । यातायात व्यवस्था विभागले मन्त्रालयको सहमतिसँगै नयाँ भाडादर कायम गरेको जनाएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारीसाधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको हो ।

null

पछिल्लो पटक २२ पुस २०८१ मा समायोजन भएको गाडी भाडा अहिले बढाइएको हो । सो बेला डिजेलको मूल्य १५०.८३ रुपैयाँ प्रतिलिटर थियो । बढेको भाडा दर अन्तरप्रदेशीय गन्तव्यका लागि मात्रै हो । एक प्रदेशभित्रको भाडा दर भने प्रदेश सरकारले तोक्नुपर्छ ।

नेपाल आयल निगमले १ महिनाको अवधिमै डिजेलको भाउ प्रतिलिटर ४० रुपैयाँ र पेट्रोलको भाउ प्रतिलिटर ४५ रुपैयाँ बढाइएको छ । निगमका अनुसार अझै डिजेलमा प्रतिलिटर १२० रुपैयाँ र डिजेलमा ३४ रुपैयाँ घाटा रहेको छ ।

यस्तो छ भाडादरको मूल्यसूची :

null

null

nullnull

nullnullnullnullnullnull

Share News