काठमाडौं । वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौंका सञ्चालक पक्राउ परेका छन् । मंगलबार ६६ वर्षीय इन्द्रलाल गोलेलाई स्वयम्भूबाट प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरका अनुसार उनले वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं नामक संस्थाबाट वैदेशिक रोजगारीमा पीडित भएका व्यक्तिहरूबाट उजुरी निवेदन लिने र कानुन विपरीत रकम असुल गर्ने गरेका थिए ।
उनले संस्थाको अध्यक्ष रहेकाले पीडक तथा पीडितलाई अपशब्द प्रयोग गरेर अभद्र व्यवहार गर्ने गरेका थिए ।
अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट चार दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।