कुटनीतिक आचारसंहिताबारे मन्त्रीहरूलाई ब्रिफिङ

काठमाडौं । मन्त्रीहरूको कुटनीतिक अभिव्यक्तिलाई नियन्त्रणमा ल्याउन सरकार आकस्मिक रूपमा सक्रिय बनेको छ । 

परराष्ट्र मन्त्रालयले मन्त्रीहरूलाई कडा चेतावनीसहित कुटनीतिक आचारसंहिताबारे ब्रिफिङ दिएको छ ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको प्रस्तुतीकरणमा बालेन्द्र शाह नेतृत्वको सरकारका सबै मन्त्रीलाई अब मनलाग्दी बोल्न नपाइने सन्देश स्पष्ट रूपमा दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले पठाएको प्रेस नोटअनुसार, परराष्ट्र सचिव अमृतबहादुर राईले अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हित र कूटनीतिक मर्यादाबारे कडाइका साथ पालना गर्नुपर्ने सीमाहरू प्रस्तुत गरेका थिए ।

परराष्ट्र मन्त्रालयका सचिवले दिएको प्रशिक्षणमा विदेशी राष्ट्रसँग सम्बन्धमा व्यक्तिगत धारणा नचल्ने सल्लाह दिईएको थियो । 

प्रधानमन्त्री साहका प्रेष विज्ञ दाहालका अनुसार राष्ट्रिय हितविरुद्ध जाने अभिव्यक्तिमा कडा निगरानी राख्ने कूटनीतिक शिष्टाचार उल्लंघन नगर्ने र विदेशी पदाधिकारीसँगको भेटमा अनिवार्य प्रोटोकल पालना गर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

कुटनीतिक वृत्तमा यसलाई स्पष्ट वार्निङ सिग्नलका रूपमा लिइएको छ । अब मन्त्रीहरूका हरेक अन्तर्राष्ट्रिय टिप्पणी र भेटवार्ता सरकारकै आधिकारिक लाइनभित्र सीमित हुने संकेत गरिएको छ ।

Share News