काठमाडौं । पशुपति मन्दिर क्षेत्रमा बेवारिसे अवस्था रहेका फ्रान्सेली नागरिकलाई नेपाल प्रहरीले अध्यागमन विभागलाई बुझाएको छ ।
फ्रान्सेली पर्यटकले आर्थिक कारणले पासपोर्ट, मोबाइल, ल्यापटप लगायत अन्य सामानहरू आफू बसेको होटलमा छोडेर निस्केको प्रहरीले जनाएको छ ।
उनी ६ वर्षदेखि नेपाली श्रीमतीसहित नेपालमा बस्दै आएको प्रहरीले जानकारी दियो । प्रहरीका अनुसार उनको सामान चोरी वा लुटपाट भएको छैन ।
कुनै पनि तस्विर वा भिडियोको वास्तविकता नबुझी सामाजिक सञ्जालमा सेर नगर्न पनि प्रहरीले अनुरोध गरेको छ।