६ कम्पनीको मर्जर, होलसेल क्षेत्रमा ठूलो कदम

काठमाडौं । विभिन्न ६ वटा डाइरेक्ट होलसेल कम्पनीबीच मर्जर सम्पन्न भएको छ । विभिन्न ६ कम्पनी गाभिएर ‘सस्तो डाइरेक्ट होलसेल’को नामबाट एकीकृत कारोबार औपचारिक रूपमा सुरु गरिएको हो । 
    
२०८२ फागुन १९ गते सम्पन्न संयुक्त विशेष साधारण भाले बेष्ट मार्जिन डाइरेक्ट होलसेल, उपत्यका डाइरेक्ट होलसेल, एक्स्ट्रा डाइरेक्ट होलसेल, एक्स्प्रेस डाइरेक्ट होलसेल र सुपथ डाइरेक्ट होलसेल प्रालिलाई सस्तो डाइरेक्ट होलसेल प्रालिमा गाभ्ने प्रस्ताव पारित गरेको थियो ।

उक्त प्रस्तावअनुसार कम्पनी रजिस्ट्रारको कार्यालयबाट २०८२ चैत १७ गते अन्तिम स्वीकृति प्राप्त भएसँगै एकीकृत कारोबार शुभारम्भ गरिएको सस्तो डाइरेक्ट होलसेलले जनाएको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय कीर्तिपुर नगरपालिका(१, काठमाडौंमा रहेको जनाएको छ । 

Share News