एकै दिन ३९ वटा फर्ममा अनुगमन, शंकर र एमडिआरलाई २० हजार जरिवाना

काठमाडौं । नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई जरिवाना गरेको छ ।

स्थलगत निरीक्षणको क्रममा कैफियत देखिएपछि विभागले कुलेश्वरमा अवस्थित शंकर खाद्य किराना स्टोरलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ ।

यस्तै,कुलेश्वरकै एमडिआर स्टोरलाई पनि २० हजार रुपैयाँ जरिवाना गरेको छ । गोङ्गबुमा रहेको गुप्ता गुँदपाक भण्डारलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । 

ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाही गरिएको विभागले प्रष्ट पारेको छ । विभागले एकै दिन कूल ३९ वटा फर्ममा अनुगमन गरेकोमा ३६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ।

उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरुको उपस्थितिमा विभागले नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको छ । 

Share News