काठमाडौं । सिद्धार्थ बैंक र नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजबीच सम्झौता सम्पन्न भएको छ । जसअन्तर्गत बैंकका ग्राहकहरूले विभिन्न स्वास्थ्य सेवामा छुट पाउने भएका छन् ।
सम्झौताअनुसार जमलस्थित नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा ग्राहकहरूले ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
सिद्धार्थ बैंकले यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जाने प्रवृत्ति बढाउने विश्वास लिएको छ ।