दुबईमा बम विष्फोटमा परी घाइते भएका नेपाली खतरामुक्त

काठमाडौं । इरानले दुबईमा हानेको बम विष्फोटमा परेर घाइते भएका नेपाली खतरामुक्त रहेका छन् । 

दुबईस्थित नेपाली दूतावासका अनुसार गत आइतबार साँझ भएको विष्फोटमा परी उनी घाइते भएका थिए ।

महावाणिज्यदूतावासका प्रतिनिधि अस्पतालमा गई उनलाई भेटी स्वास्थ्य स्थितिको जानकारी लिएका थिए । नेपालमा सम्बन्धित परिवारसँग सम्पर्क गरी पछिल्लो अवस्थाको जानकारी गराइएको दूतावासले उल्लेख गरेको छ।

मध्यपूर्वमा विकसित परिस्थितिले युएईमा रहेका नेपाली नागरिकहरूलाई युएई सरकारले जारी गरेको सुरक्षा सम्बन्धी सूचना तथा मार्गदर्शनहरूको पूर्ण पालना गर्न दूतावासले बताएको छ । 

आधिकारिक स्रोतबाट प्राप्त सूचनामा भर पर्न र सचेत रहनसमेत दूतावासले अनुरोध गरेको छ ।

इरानबाट आएको मिसाइल र ड्रोनलाई निस्तेज बनाउने क्रममा टुक्राहरू खसेर उनीहरू घाइते भएका थिए । यूएईमा ७ लाख नेपाली कार्यरत छन् । 

इरानले अमेरिका-इजरायलको हमलाविरुद्ध यूएईसहित खाडीका देशहरूमा आक्रमण गरिरहेको छ ।

Share News