नयाँ वर्षमा मनकामना हिलक्रेस्टको अफर : १६ हजारमा वान नाइट स्टे, यस्ता छन् अन्य सुविधा

काठमाडौं । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै मनकामना हिलक्रेस्ट रिसोर्टले ‘वान नाइट स्टे’ को नयाँ प्याकेज सार्वजनिक गरेको छ । 

रिर्सोटले प्रति जोडी  १५ हजार ९९९ रुपैयाँ (करसहित) मा ल्याइएको उक्त अफरमा बसाइँ, खानपान, मनोरञ्जनदेखि धार्मिक पर्यटनसम्म समेटिएको छ । 

रिर्सोटका अनुसार पहिलो दिन पर्यटकलाई स्वागतस्वरूप वेलकम ड्रिंक प्रदान गरिनेछ भने बसाइँ अवधिभर विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिनेछ ।

मनोरञ्जनात्मक प्याकेज

मनोरञ्जनात्मक प्याकेजअन्तर्गत बिङ्गो, राफेल ड्र, डिजे डान्स फ्लोरसहितको, लाइभ म्युजिक, विभिन्न खेलकुद गतिविधि तथा मगर कल्चरल कौरा सांस्कृतिक नृत्य जस्ता कार्यक्रम समावेश गरिएको छ ।

डिनर

यो प्योकेजभित्र पाहुनाहरूका लागि एक ककटेल/मकटेल निःशुल्क उपलब्ध गराइनेछ । साथै बफेट डिनरको पनि व्यवस्था गरिएको छ ।

भोलिपल्ट बिहान अर्थात नयाँ वर्षको दिन ११ बजेसम्म फुल इंग्लिस वा कन्टिनेन्टल बफेट ब्रेकफास्टको सुविधा समेत प्याकेजमा समावेश गरिएको होटलले जनाएको छ।
प्याकेजको अर्को आकर्षणका रूपमा मनकामना केवलकारको दुईतर्फी टिकट प्रदान गरिएको छ । 

नयाँ वर्षको दिन खानपानमा १० प्रतिशत छुट दिएको रिर्सोटले जनाएको छ । त्यस्तै, अर्ली बर्ड अफर तथा जिम, स्विमिङ पुल, साउना र स्टीमको सुविधा पनि उपलब्ध गराएको छ ।

रिसोर्टका अनुसार यही प्याकेजअन्तर्गत परिवारसहित बस्न आउँदा १० वर्षभन्दा मुनिका बच्चाका लागि प्रति बच्चा ३ हजार रुपैयाँ अतिरिक्त शुल्क लाग्नेछ । त्यस्तै, १० वर्षभन्दा माथिका एडल्टका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँ शुल्क लाग्ने होटलले जनाएको छ । 

होटलले यो अफर सीमित समयका लागि लागू हुने जानकारी दिएको छ ।

Share News